अस्थिरता चाहनेले पार्टी बिगारेः अधिकारी

समाधान संवाददाता, पोखरा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य खगराज अधिकारीले नेपालमा अस्थिरता चाहनेले पार्टीलाई विभाजनतर्फ लगेको बताएका छन् ।
उनले अस्थिरता चाहनेको शृंखला नेपालका अरु पार्टीसम्म पुग्ने दाबी गरे ।
नेकपाका पेशागत तथा बुद्धिजिवीले आयोजना गरेको समसामयिक अवस्था र पार्टी एकता विषयक कार्यक्रममा नेता अधिकारीले सबै योजना र डिजाइनमा पार्टीमा विग्रह ल्याउने काम भएको उल्लेख गरे ।
‘नेपालमा अस्थिरता चाहनेको योजनामा पार्टी विभाजनको खेल भयो,’नेता अधिकारीले भने, ‘देशमा अस्थिरता ल्याउनमा हाम्रा नेताहरु अनुबन्धित हुनु भयो ।’ उनले अस्थिरताको शृंखला नेपाली कांग्रेस, प्रचण्ड माधव समूहसम्म आउने संकेत गरे ।
नेता अधिकारीले पार्टी विभाजन नभएर एकताको पक्षमा रहेको बताए । विगतमा जे जस्तो भए पनि पार्टीमा एकता, गतिशील र जीवन्त बनाउने घोषणा गरे ।
‘जनआन्दोलन, जनयुद्धको लिगेसीलाई मान्दै जनताको जनवाद मान्ने हो,’नेता अधिकारीले भने, ‘हामी फेरि पनि पार्टी एकताको पक्षमा छौं । एकताको महाधिवेशनले नीतिगत निर्णय नगर्दासम्म जनताको जनवादलाई लिएर जनतासमक्ष जाने हो ।’
नेता अधिकारीले प्रचण्ड नेपाल समूहमा माधव नेपाल तल परेको टिप्पणी गरे । उनले साविक नेकपा एमालेको भागमा परेको गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेललाई स्वीकार गरेको उल्लेख गरे ।
कार्यक्रममा प्राडा भरतराज पहारीले पार्टी विधि र पद्धतिबाट नजादा विग्रह उन्मुख भएको बताए । उनले पार्टी विवादमा वृहत्तर हितबाट समाधान खोज्नुपर्ने सुझाव दिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया