सामुदायिक बगरमा रामभूषण

समाधान संवाददाता, पोखरा
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ वगर को १७ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट अध्यक्षमा रामभूषण पराजुली निर्वाचित भएका छन् । अन्य पदमा सर्वसम्मत भए पनि अध्यक्षमा निर्वाचन भएको थियो ।
पराजुली वसन्त वास्तोलालाई ३९ मतले पछि पार्दै अध्यक्ष चुनिए । २ सय ३६ मतमध्ये पराजुलीले १ सय ३० मत र बास्तोलाले ९१ मत प्राप्त गरेका थिए । १५ मत बदर भएको थियो ।
सेवा केन्द्रको उपाध्यक्षमा कल्पना आचार्य, सचिव शिवराज अधिकारी, सहसचिव दुर्गादत्त हुमागाई र कोषाध्यक्ष रामप्रसाद अधिकारी छन् ।
सदस्यमा दुर्गा थापा, विजयाकुमारी गुरुङ, कृष्णबहादुर तामाङ, हरिदेवी पराजुली, फणीन्द्रप्रसाद तिमिल्सिना, विकल पराजुली, सीता अधिकारी भण्डारी र कमलप्रसाद बास्तोला छन् ।
निर्वाचन समितिमा हरिप्रसाद अधिकारी, बैकुण्ठ अधिकारी र प्रतापराम पराजुली थिए ।
सभा उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले समाजमा हुने विकृति, विसंगति न्यूनीकरण गर्न सामुदायिक केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रलाई सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई दोसल्ला र प्रसंशापत्र प्रदान गरिएको थियो ।
सभामा पोखरा महानगरपालिका वडा नं. १ की अध्यक्ष शारदाकुमारी पराजुली, वडा नं. १६ का अध्यक्ष जीवनप्रसाद आचार्य,वडा नं. २ की वडा सदस्य गोमा सुवेदी, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति अध्यक्ष सोमनाथ बास्तोला, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवन अधिकारी, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा लेखनाथ अध्यक्ष त्रिलोचन लामिछाने र आइएनएफ नेपालका एचआर म्यानेजर लेखनाथ केसी, केन्द्रका उपाध्यक्ष रामभूषण पराजुली र सचिव कल्पना आचार्यले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ वगरका अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।








दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
विद्यार्थीलाई हेमजा युनाइटेडको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया