विद्यार्थीलाई मिलनको साथ

समाधान संवाददाता २०७७ पुष २६ गते १०:४४

समाधान संवाददाता, पोखरा

पर्वतको मोदी गाउँपालिका ५ बाजुङ, बाउसेस्थित जनआदर्श आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीलाई मिलन फाउन्डेसन नेपालले जाडो यामको पोशाक वितरण गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा मिलन ट्रस्टकी संरक्षकसावित्रीकुमारी गुरुङ र फाउन्डेशनका संरक्षक दुर्गा गुरुङ मिलनको प्रायोजनमा मिलन फाउन्डेसन नेपालमार्फत् विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाकसँग मिल्ने एक सेट न्यानो कपडा वितरण गरिएको हो ।

Advertisement

फाउन्डेसनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले फाउन्डेसनले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा सक्दो सहयोग गर्दै आएको बताइन् ।

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षत्रीले फाउन्डेसनले गरेको सामाजिक कार्य प्रशंसनीय रहेको बताए ।

Advertisement

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनका प्रेस संयोजक रूद्रबहादुर श्रीसले समाजसेवा र मिलन एउटा पर्यायवाची जस्तो बनिसकेको उल्लेख गरे ।

कार्यक्रममा मोदी गाउँपालिका वडा नं. ५ का जनप्रतिनिधि इन्द्रप्रसाद उपाध्याय, फाउन्डेसनका सचिव खडकबहादुर गुरुङ ‘मदन’, शिक्षक लक्ष्मण शर्मा र प्रधानाध्यापक विष्णुप्रसाद सुवेदी लगायतले बोलेका थिए ।

कार्यक्रममा बाजुङका भलिबल खेलाडीलाई आर्थिक सहयोग पनि गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मदत्त शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया