राष्ट्रियसभाको हिउँदे अधिवेशन सकियो

समाधान संवाददाता २०७७ पुष २६ गते १५:३३

काठमाडौं ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । यही पुस १७ गतेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएको थियो ।

जम्मा १० दिनको अवधिमा ४ दिन बैठक बसेको छ । बैठक अवधि ७ घण्टा ५ मिनेट रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।

Advertisement

राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु यसअवधिमा राष्ट्रियसभामा पेस भएका छन् ।

अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र आइतबार राष्ट्रिसभा बैठकमा वाचन गरेर सुनाइएको छ ।

Advertisement

पत्रमा आइतबार राति १२ बजेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया