अख्तियारको प्रतिवेदन पेश

समाधान संवाददाता २०७७ पुष २६ गते १८:५१

समाधान संवाददाता, पोखरा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं वार्षिक प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेस गरिएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन अख्तियार पोखरा कार्यालय प्रमुख विपिन आचार्यले पेस गरेका थिए ।

Advertisement

प्रमुख आचार्यले प्रस्तुतिकरणमा प्रतिवेदनमा रहेका मुख्य विषय, उजुरीको प्रवृत्ति, प्रदेशस्तरमा उजुरीका प्रवृत्तिबारे प्रदेश प्रमुखलाई प्रस्टाएका थिए ।

भ्रष्टाचार न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय निकायका लागि आयोगले पेश गरेका सुझावका बारेमा आचार्यले प्रकाश पारे ।

Advertisement

प्रदेश प्रमुख शेरचनले आयोगले प्रमाणमा आधारित सुक्ष्म अनुसन्धान गरी सोका आधारमा जुनसुकै पदका दोषीउपर अभियोजन गर्नुपर्ने बताए ।

शेरचनले आयोगको ५ वर्षे संस्थागत रणनीतिक योजनाको सोच ‘भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माण’ पूरा गर्न अधिकार सम्पन्न निकायबाट हुने कार्य आयोगको क्षेत्राधिकार बाहिर राखिन नहुने उल्लेख गरे ।

गण्डकी प्रदेशमा निर्ममतापूर्वक भ्रष्टाचार विरुद्ध आयोग र आयोगको कार्यालय पोखराले भूमिका खल्नुपर्ने उनले औंल्याए ।

शेरचनले भ्रष्टाचार नियन्त्रण होइन, समाप्त पार्ने सन्दर्भमा आफूले सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया