प्रचण्ड र माधव नेपाल आज पोखरा आउँदै

समाधान संवाददाता २०७७ पुष २७ गते १८:३९

समाधान संवाददाता, पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आज मंगलबार पोखरा आउने भएका छन् ।

प्रदेशस्तरीय नेता÷कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्षद्वय पोखरा आउन लागेको केन्द्रीय सदस्यसमेत रहेका नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण) ले जानकारी दिए ।

Advertisement

दुई अध्यक्षसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आउने छन् । भेला पोखरा महानगरपालिका ११ शीतलादेवीस्थित एसआर केसी बैंक्युटमा बिहान ११ बजेदेखि सुरु हुने इन्चार्ज करणले जानकारी दिए ।

पार्टीमा आन्तरिक मतभेद सिर्जना भएपछि अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि दुवै समूहको छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् । प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराई र देवेन्द्र पौडेलले ३ दिन पहिला कास्की जिल्लास्तरीय भेलालाई सम्बोधन गरेका थिए ।

Advertisement

ओली पक्षले पनि जिल्लाजिल्लामा भेला गरिरहेको छ । आजमात्रै ओली पक्षले तनहुँमा जिल्लास्तरीय बृहत भेला गरेको छ ।

भेलालाई ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र प्रदेश अर्थमन्त्री किरण गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया