‘लोकतन्त्रले व्यक्ति होइन विधि चिन्छ’

आशा कोइराला
प्रदेश सरकारको पहिलो कार्यकाल र सरकार सञ्चालनको नयाँ अभ्यास भएकाले केही कमजोरी अवश्य छन् ।
विशिष्ट योजनाहरु समावेशी नै देखिन्छन् । अन्य योजनाहरुलाई पुनर्मूल्यांकन गर्ने र समयमा स्पष्ट कार्यविधि सहित अख्तियारी प्रदान गर्ने हो भने बजेट कार्यान्वयनको अवस्था मैले सन्तोषजनक नै पाएको छु ।
बहुवर्षे योजना र वार्षिक विकास कार्यक्रममा उल्लेखित कार्यक्रमहरु कोभिड र बाढी पहिरोबाट सिर्जित समस्याले प्रभावित बनेको छ ।
यसमा सरकारको विशेष ध्यान जान जरुरी छ । निर्मित योजनाहरु सहज ढंगले कार्यान्वयनको वातावरण बनेमा गण्डकी प्रदेश उदाहरणीय बन्नसक्ने मलाई विश्वास छ ।
विकास र समृद्धिको नयाँ यात्रामा उत्साहका साथ हिँडिरहँदा देखिएको राष्ट्रिय राजनीतिक अवस्था राष्ट्र र जनताको हितविपरीत जाँदै गर्दा अत्यन्त पीडाको अनुभूति भइरहेछ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गर्नुभएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा असंवैधानिक र अलोकतान्त्रिक छ । योजनभावना र राष्ट्रिय आवश्यकता विपरीत देखिन्छ ।
गत निर्वाचन मार्फत दुवै कुरा प्राप्त भएपछि जनतामा आशाको सञ्चार भएकै थियो तर बिडम्बना जनमतको यति ठूलो अपमान भयो र राष्ट्रप्रति घात ।
निर्वाचनमा जानु लोकतान्त्रिक विधि भनेर पक्षपोषण गर्दै गर्दा निर्वाचन स्वयं प्रधानमन्त्रीका लागि समेत प्रत्युत्पादक हुने निश्चित छ । यसर्थ यो असंवैधानिक अलोकतान्त्रिक र प्रतिगामी कदम सच्याएर प्रतिनिधिसभा सुचारु गर्न माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक आग्रह गर्दछु।
कमजोरीरहित मान्छे कोही हँुदैन । कमजोरी सच्याउनु ठूलो कुरा हो । मलाई लाग्छ प्रधानमन्त्रीले अन्जानमा गरेको नभई जानीजानी गर्नुभएको छ । किनकी संविधान निर्माण गर्ने एउटा महत्वपूर्णव्यक्ति उहाँ हुनुहुन्छ र सम्माननीय राष्ट्रपति पनि ।
यो संविधान र लोकतन्त्रले व्यक्ति होइन विधिलाई चिन्छ र मान्छ । तर प्रधानमन्त्री ज्यूको यो कदम व्यक्तिगत स्वार्थमा आधारित देखिन्छ । म भए सबै ठिक नत्र सबै गलत ? प्रतिनिधि सभाको भारी बहुमत प्राप्त प्रधानमन्त्री र राष्ट्रको ठूलो पार्टीको अध्यक्ष एवं संसदीय दलका नेता संसदबाट भाग्नु स्वभाविक देखिँदैन ।
राष्ट्रपति यो राष्ट्रको सर्वोच्च संस्था, संविधानको रक्षक र पालकबाट समेत संवैधानिक व्यवस्थाको अपहरण भएपछि कोबाट अपेक्षा गर्ने ?
विभिन्न समय र परिस्थितिमा व्यक्त विचारहरुले कतै १०वर्षे कठिन संघर्ष र जनताको आँसु, रगत र पसिनाको योग स्वरुप प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र नै गुम्ने त होइन भन्ने आशंका उत्पन्न भइरहेछन् ।
यो उल्टो यात्रा रोकेर सुल्टो यात्रा तय गर्न यो सम्मानित प्रदेश सभाबाट माननीय सभामुखमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्दै सम्पूर्ण जनप्रतिनिधि र आमजनसमुदाय समक्ष हार्दिक अपिल गर्दछु ।
गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले आइतबार गण्डकी प्रदेश सभामा राखेको विचार








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया