बाह्रखरी गल्फ माघ २४ गते

समाधान संवाददाता २०७७ पुष २८ गते १९:०३

समाधान संवाददाता, पोखरा

नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ ।

एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म पोखरामा सम्पन्न हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो ।

Advertisement

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाईनै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरालाई ‘एनसेल बाह्रखरी गल्फ’को केन्द्रबिन्दु बनाइएको प्रधानले जानकारी दिए ।

Advertisement

पोखरामा हुने यस प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने छ ।

खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ ।

गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा फेब्रुअरी ६ तारिख अर्थात माघ २४ गते हुनेछ । जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन ।

त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए ।

गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, ¥याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको छ । प्रतियोगितामा उपस्थित पाहुनाका लागि १६ वटाभन्दा बढी होटलमा बस्ने व्यवस्था गरिएको छ ।

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ ।

बाह्रखरी मिडिया हाउसले अघिल्लो वर्ष सगरमाथा क्षेत्रमा गल्फ खेल आयोजना गरेको थियो ।

मंगलबार पोखरामा भएको पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले संसारभरका ठूला व्यक्तिहरुलाई नेपालप्रतिको आकर्षण बढाउनका लागि पनि प्रतियोगिता पोखरामा आयोजना गरिएको जानकारी गराए ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरले गल्फ गर्न सजिलो नभएको बताउँदै बाह्रखरीले सगरमाथाको काखमा गल्फ गरेर रेकर्ड कायम गरेको भन्दै प्रशंसा गरेका थिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले पोखरालाई फुटबल, क्रिकेटले चिनाएको बताउँदै अब गल्फले पनि चिनाउन सहयोग गर्ने धारणा राखे ।

विदेशी पर्यटकले ४० देखि ५० डलरमात्रै पोखरा आएर दैनिक खर्च गर्ने भन्दै उनले यसलाई अलि विस्तार गर्न राज्यले पनि ध्यान दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया