‘विदेशीको निर्देशनमा संसद विघटन’

समाधान संवाददाता, पोखरा
अखिल नेपाल आदिवासी जनजाति महासंघले संसद विघटन नेकपाको आन्तरिक कारणले मात्र नभई विदेशी शक्ति केन्द्रको निर्देशनमा भएको दाबी गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी निकट महासंघले पार्टीको अन्तर कलहले हठात नभई घटनाक्रमले नियोजित र योजनावद्ध ढंगले भएको दाबी गरेको हो ।
महासंघ अध्यक्ष प्राडा ओम गुरुङले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चलखेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको बताए ।
नेपालको समसामयिक राजनीतिक घटनाक्रम तथा महासंघको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष गुरुङले संसदको विघटनले संघीयता, गणतन्त्र, समावेशीता र धर्म निरपेक्षतालाई समाप्त पारेको उल्लेख दाबी गरे ।
‘देखाउनका लागि पार्टीको अन्तरकलह प्रचण्ड नेपाल समूहको भागबण्डा,सत्ता स्वार्थ वार्गेनिङ भनियो,’ उनले भने, ‘प्रतिगमन र विदेशीको चलखेल नै विघटनको प्रमुख कारण हो ।’
उनले विघटनको कारण प्रतिगामी तथा विदेशी शक्ति केन्द्रको चलखेल बढेको दाबी गरे ।
नयाँ सविधान र संघीयताले आदिवासी जनजातिको हक, अधिकार सुनिश्चित नगर्ने दाबी गर्दै अध्यक्ष गुरुङले जनजातिको पहिचान, स्वशासन सबै हराएर जाने तथा सबै आन्दोलनको उपलब्धि समाप्त भएको उल्लेख गरे ।
महासंघका महासचिव नगेन्द्र राईले संसद विघटनले राष्ट्र र जनताको कुनै हित नगर्ने बताए ।
संविधानमा संसद विघटनको व्यवस्था नभएको उल्लेख गर्दै उनले विघटन प्रधानमन्त्री ओलीको आत्मकेन्द्रीत र निरंकुशतर्फ उन्मुख कदम भएको टिप्पणी गरे ।







पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया