शुक्रबारदेखि अनलाइन फुडफेस्ट, पोखरामा पनि हुने

पोखरा, १ माघ
अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिभल यस वर्ष पनि शुक्रबारदेखि आयोजना गर्ने भएको छ । फेस्टिभल पोखरामा पनि हुने फुडमान्डुका मार्केटिङ म्यानेजर श्याम मालीले जनाएका छन् ।
फुडमान्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिभल सन् २०१७ देखि नियमितरुपमा आयोजना गरिरहेको छ । कम्पनीले उत्कृष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्दछ ।
एक सातासम्म सञ्चालन हुने अनलाइन फुड फेस्टिभलमा उत्कुष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथसाथै पहिलो पटक लाइभ म्युजिकसमेत आयोजना गर्ने कम्पनीले जनाएको छ । लाइभ म्युजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वल मान श्रेष्ठ, प्रसन्ना अधिकारी लगायत कलाकारहरुले प्रस्तुति गर्नेछन् ।
फुडमान्डूको अनलाइन फुड फेस्टिभलमा पहिलो पटक पोखरामा समेत आयोजना हुनेछ । कम्पनीले केही दिनअघि मात्र पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा विस्तार गरेको थियो । अब भने पोखरेलीहरुले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फुडफेस्टको मज्जा लिन सक्नेछन् ।
कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिभलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम ५०० बराबरको २५ प्रतिशतसम्मको डिस्काउन्ट अफर दिनेछ । त्यसैगरी कम्पनीले क्युआरमार्फत भुक्तानीमा समेत छुटको सुविधा दिनेछ ।
अनलाइन फुड फेस्टिभलमा कम्पनीले १ रुपैयाँमा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ । ‘फुड फेस्टिवलमा राखिएका गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त गर्न सक्नेछन्,’ कम्पनीले भनेको छ, ‘फ्लास सेलमा दिनको तीन पटक एक/एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्याग अन्तर्गत न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिनेछ ।’
अनलाइन फुड फेस्टिभलमा फोनपे मार्फत क्युआर पेमेन्ट गर्न सकिने र छुट प्राप्त गर्न सकिनेछ ।
‘हामीले अनलाइन फुड फेस्टिभल आफ्ना ग्राहकहरुलाई अनलाइनमार्फत फुड अर्डर बिक्री गर्ने मात्र नभएर ग्राहकहरुलाई मनोरन्जनसमेत गर्न चाहन्छौं । यस वर्ष हामी फुड फेस्टिभलमार्फत उत्कृष्ट खानासहित लाइभ म्युजिक परफरमेन्समार्फत मनोरन्जनसमेत प्रदान गर्नेछौं,’ कम्पनीका माकेटिङ एन्ड सेल्स म्यानेजर श्याम मालीले भने, ‘अझ यसपटक हामीले पोखरामा समेत अनलाइन फुड फेस्टिभल आयोजना गर्ने हुँदा थप उत्साहित भएका छौं ।’
उनका अनुसार ग्राहकहरुले अनलाइन फुड फेस्टिभलमा विभिन्न गेममार्फत भारी डिस्काउन्ट समेत प्राप्त गर्नेछन् । फुडमान्डू अनलाइन फुड फेस्टिभलमा पोखराका १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन् ।
तपाईको प्रतिक्रिया