‘मेरै भविष्य थाहा छैन, विमानस्थलको कसरी भनुँ ?’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल विमानस्थल अवलोकनका लागि बिहीबार पोखरा आए । आयोजना प्रमुखसँग बिफ्रिङ लिएपछि सुरुमै उनले भने, ‘देश बुझ्न काठमाडौं, भैरहवा र पोखरा बुझ्नुपर्ने भएर म पोखरा आएँ, निर्देशन दिन होइन अवलोकनका लागि आएको हुँ ।’
यसअघि कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालय सम्हालेका भानुभक्त ढकालले पर्यटन मन्त्रीको जिम्मेवारी पहिलोपटक पाएका हुन् । उनले पोखरा विमानस्थलका बारेमा धेरै जानकारी नभएकाले बिफ्रिङ लिएको बताए । आयोजना यशासक्य छिटो सक्न सरकारले पहल गर्ने उनले बताए । काम ढिला हुनुका कारण सुन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने वाचा गरे ।
अहिले पोखरामा अर्को विमानस्थल पोखरा विमानस्थल सञ्चालनमा छ । नयाँ निर्माणपछि त्यो पुरानोको भविष्य के हुन्छ ? भन्ने आफूले अहिलेनै भन्न नसक्ने उनको तर्क थियो । ‘मेरै भविष्य भोलि के हुन्छ थाहा छैन, विमानस्थलको भविष्य कसरी भनुँ ?’ उनले भने ।
बिफ्रिङपछि उनी पत्रकारहरुसँग कुरा गर्दा प्रश्नबाट पन्छिन खोजेको देखिन्थ्यो । रुट पर्मिटको काम के भएको छ त भन्ने प्रश्नमा उनले ‘नादान’ जवाफ दिए ।
‘रुट पर्मिट नपाई उड्दैन होला के रे, पाएर नै त काम भएको होला नि,’ उनले भने । आफू अहिलेसम्मको भौतिक प्रगतिबाट सन्तोष पाएनपाएको भन्ने स्थितिमा नरहेको उनको जिकिर थियो । ‘भात खाएको हो र सन्तोष हुन÷नहुन ? काम भइरहेकै छ, काम सम्पन्न भएपछि सन्तुष्ट हुने हो,’ उनले सुनाए ।
निर्माण अविधिमै सकिनेमा तपाईं कति विश्वस्त हुनुहुन्छ ? उनले उल्टै प्रश्न गरे, ‘तपाईं कति विश्वस्त हुनुहुन्छ ? कुन दिन कहिले उड्ला भनेर सोध्नुहोला, मैले कसरी भन्ने ?’








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया