‘द ग्रेट मेन’ सम्मानित

एसके थकाली, जोमसोम
कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माणाधीन छ । ४ वर्ष पहिला बेनीदेखि जोमसोमसम्मको ७६ किमि सडकलाई ४ खण्डमा बाँडियो ।
त्यही खण्डको २ वटा प्याकेजको काम शर्मा गजुरमुखीले गरिरहेको छ । २०७४ सालदेखि सुरु भएको राष्ट्रिय गौरवको यो आयोजनामा शर्मा गजुरमुखीले खटाएको सुपरभाइजर हुन्, ईन्द्रसिंह शेरचन ।
म्याग्दी र मुस्ताङका धेरैले यात्रु र सडकका ‘द ग्रेट मेन’ का रुपमा लिन्छन् । सडकखण्डमा समस्या आइपर्दा सधैं हल गर्न तत्पर रहेको भन्दै उनै शेरचनलाई २३ औं राष्टिय भूकम्प सुरक्षा दिवसको अवसरमा सम्मान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अन्तर्गतको जिल्ला विपद् व्यवस्थानपन समिति मुस्ताङले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो ।मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङ निवासी शेरचन २०७४ सालदेखि उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरव बेनी–जोमससोम–कोरला सडक आयोजनामा कार्यरत छन् ।
बर्खायामको मौसममा सडक अवरुद्ध हुँदा सडक खुलाउन पहल गर्नेदेखि मुस्ताङ आउजाउ गर्नेस्वदेशी तथा विदेशी पर्यटकलाई वारपार गराउन सहजीकरण गर्दै आइरहेका छन् ।
उनलाई गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली र निमित्त प्रजिअ जगदीश अर्यालले सम्मान गरेका हुन् ।सांसद थकालीले उद्धारमा शेरचनको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
जस्तोसुकै परिस्थितिमा समेत शेरचनले ज्यानको बाजी लगाएर आयोजनाको काममा निरन्तर खटिएको भन्दै थकालीले चर्चा गरे । निमित्त प्रजिअ अर्यालले सडक आवागमन र यात्रुको हितमा योगदान दिएवापत समितिको निर्णय अनुसार शेरचनलाई सम्मान गरिएको बताए ।
सम्मानित सुपरभाइजर शेरचनले सम्मानले आगामी दिनमा अझै सामाजिक र सार्वजनिक क्षेत्रमा लाग्न दायित्वबोध गराएको सुनाए ।
दिवसकै अवसरमा जिल्ला व्यवस्थापन समितिको अगुवाइमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी,जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी लगायतको टोलीले भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको सुरक्षा उद्घोषसहित जोमसोम बजारमा प्रभातफेरी गरिएको छ ।
प्रभात फेरीपछि नेपाली सेनाले विपद उद्धार र सशस्त्र प्रहरीको टोलीले आगलागी नियन्त्रण र सुरक्षा सम्बन्धी डेमो प्रदर्शन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया