पुसमा १०६ मुद्दा दर्ता, हराएका २७ मोबाइल भेटियो

समाधान संवाददाता, पोखरा
पोखरा–७ घारीपाटन बस्ने रमिला पौडेल (२१) ५ वर्षीय छोरीसँगै पृथ्वीचोकस्थित पोखरा मलभित्र थिइन् । फूलबारी बस्ने २२ वर्षीय एलिसा गुरुङ पनि त्यहीँ थिइन् ।
रमिलाकी ५ वर्षीय छोरीलाई फकाएर एलिसाले एकान्तमा बोलाइन् । त्यसपछि कानका १ जोर मुन्द्रा चोरेर एलिसा भागिन् । यो घटना २७ पुसमा दिउँसो साढे २ बजेको हो ।
मुन्द्रा चोरी भएको थाहा पाएपछि रमिलाले प्रहरीलाई खबर गरिन् । प्रहरीलाई हुलिया टिपाइन् । २७ गते साँझ साढे ५ बजे एलिनालाई प्रहरीले समात्यो । त्यही घटनामा संलग्न भएको भन्दैरानीपौवामा सुन पसल चलाउने विजय सुनार (३०) पनि भोलिपल्ट पक्राउ परे । उनीहरु दुवैमाथि प्रहरीले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
…
पुसमा भएकाे याे एउटा घटनाको उदाहरण थियो । पुस महिनामा विभिन्न प्रकृतिका १ सय ६ मुद्धा दर्ता भए। महिनाभर विभिन्न १७ शीर्षकमा १ सय ६ मुद्दा दर्ता भएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
ती मुद्दामा ६७ पुरुष र ८ जना महिला गरि ७५ जना पक्राउ परेका छन् । सबैभन्दा बढी बैंकिङ कसुरमा २७ वटा मुद्दा दर्ता भएको एसपी श्रेष्ठले बताए । ‘एउटै व्यक्तिविरुद्ध १० वटासम्म केस आएकाले गत महिनामा बैंकिङ मुद्धा धेरै भयो,’ उनले भने ।
त्यसबाहेक झुन्डिएर आत्महत्या शीर्षकमा १६, सार्वजनिक हितविरुद्धको कसुरमा १५, लागुऔषधसम्बन्धि ११, फुटकर ज्यानमा ८, भवितव्य ज्यानमा ७, सवारी ज्यान र बहुविवाहमा ४/४, जवरजस्ती करणी र ठगीमा ३/३, जवरजस्ती करणी उद्योगमा २, चोरी, ज्यान मार्ने उद्योग, आगो लगाएर आत्महत्या, हामफालेर आत्महत्या, विष खाएर आत्महत्या र बालयौन दुरुपयोगमा १/१ मुद्दा दर्ता भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले हराएका २७ थान मोबाइल पुसमा फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महिनाभर प्रहरी कल सेन्टर १०० मा ९ सय ६५ फोन आएको एसपी श्रेष्ठले जानकारी दिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया