रियल मड्रिडकाे लज्जास्पद हार

समाधान संवाददाता २०७७ माघ ८ गते ७:५६

एजेन्सी

युरोपियन जाइन्ट रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियाेगितामा लज्जास्पद हार बेहाेर्दै अन्तिम ३२ बाटै बाहिरिएको छ।

बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २–१ ले पराजित भएको हो।

Advertisement

रियल मड्रिडका लागि मिलिताओले ४५ औँ मिनेटमा गोल गरि सुरुवाति अग्रता दिलाएका थिए।

८० औँ मिनेटमा सोल्बेसले एल्कोयानोका लागि बराबरी गोल गरे । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो ।

Advertisement

११० औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर लोपेज ओलिभान बाहिरिएपछि १० खेलाडीमा सीमित भएको एल्कोयानोका लागि ११५ औँ मिनेटमा कासानोभाले गोल गरेर जित दिलाए ।

तपाईको प्रतिक्रिया