ग्लोबलको रजतजयन्ती

समाधान संवाददाता २०७७ माघ ८ गते १२:१६

समाधान संवाददाता, पोखरा

पोखराको रानीपौवा स्थित ग्लोबल कलिजियट स्कुलको रजतजयन्ती समारोह बुधबार भएको छ ।

गत वर्ष सुरु भएको रजतजयन्ती १ वर्षभरी विविध कार्यक्रम गर्दै यसवर्ष सकिएको हो ।

Advertisement

बुधबार आयोजित कार्यक्रममा वक्ताहरुले नेपालको शिक्षा नीति समयसापेक्ष परिवर्तन हुनुपर्नेमा जोड दिएका दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले वर्तमान शिक्षा नीति समग्रमा राम्रो भए पनि केही न केही सुधारको आवश्यकता देखिएकाले उल्लेख गरे ।

Advertisement

उनले त्यसतर्फ सम्बन्धित क्षेत्र र निकायको ध्यान जान आवश्यक रहेको औंल्याए । थापालेविद्यार्थीलाई अन्य विषयसँगसँगै सामाजिक विज्ञान पनि सिकाउन आवश्यक रहेको स्पष्ट पारे ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले सामुदायिक विद्यालयको स्तरोन्नतिका साथै गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्ने खाँचो औंल्याए ।

हिसान कास्की अध्यक्ष डा. रामजी शर्माले नेपालका सामुदायिक विद्यालयसमाजले खोजेको शिक्षा दिन असक्षम रहेको दाबी गरे ।

प्याब्सन कास्की अध्यक्ष प्रेम शर्माले शिक्षा क्षेत्रमा जे काम भए पनि विद्यार्थी केन्द्रित हुनुपर्नेमा जोड दिए । शिक्षासेवी डा. कृष्ण केसीले नीतिविहीन राजनीतिले शिक्षा क्षेत्र प्रभावित बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

अर्का शिक्षासेवी डा. अनिल सुवेदीले परम्परागत शिक्षा नीतिले अबको समाज अघि बढ्न नसक्ने भन्दै शिक्षा नीति परिवर्तन हुनुपर्नेमा जोड दिए ।

ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्तले अहिलेको शिक्षा नीतिले आफूहरुको गतिलाई समस्या पारेको बताए। प्राचार्य पन्तले विद्यालयको सबैभन्दा महत्वपूर्ण खम्बा शिक्षक भएको विचार राखे । विद्यालयका पूर्व प्राचार्य हरिनारायण उपाध्यायले अबको शिक्षा प्रविधिपूर्ण र प्रयोगात्मक हुनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका अभिभावक गणेश थापा, पूर्व शिक्षक आकाश लामिछाने, पूर्व विद्यार्थी ई.निरज खड्का, विद्यार्थी आयुष्मा भण्डारी, पूर्व विद्यार्थी रीत लामा उपप्राचार्य वेदप्रसाद शर्मा, शिक्षकद्वय नेपालप्रकाश अधिकारी र वसन्ती बस्नेत लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिअध्यक्ष पद्यराज ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममापूर्व कर्मचारीद्वय राधिका थापा र दिलबहादुर खड्का, शिक्षक विनोद अधिकारी, पूर्व विद्यार्थी रीतु लामा, पूर्व शिक्षक डा. नगेन्द्रबहादुर भण्डारी र पूर्वप्राचार्य हरिनारायण उपाध्यायलाई सम्मान गरियो ।

रजतजयन्तीकै अवसरमा विद्यालय हातामा निर्माण गरिएको सरस्वतीको प्रतिमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. थापाले अनावरण गरे ।ग्लोबल स्कुलले कास्कीका ३ सामुदायिक विद्यालयलाईमल्टी प्रिन्टर प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया