कर्जा प्रक्रिया सरल बनाउन माग

समाधान संवाददाता २०७७ माघ ८ गते १२:१९

समाधान संवाददाता, पोखरा

पोखरा पर्यटन परिषदले व्यवसाय पुनर्कजा कोषको निर्माण उचित भएको जनाउँदै कर्जा प्रक्रिया सरल बनाउन आग्रह गरेको छ ।

गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र नेपाल राष्ट्र बैक पोखराबीच मंंगलबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

Advertisement

कोषको अवधारणा उचित भएको आफूहरुले ठहर गरेको परिषद महासचिव रामचन्द्र शर्माले बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘पर्यटन सम्बद्ध संघ, संस्थाको छाता संस्था पोखरा पर्यटन परिषदकोतर्फबाट हामी यसको स्वागत गर्दछौं ।’ कोभिड १९ का कारण पर्यटन क्षेत्रको लगानी संकटमा परेका बेलामा गण्डकी प्रदेश सरकारले १ अर्बको व्यवसाय कोष स्थापन गरेको छ ।

Advertisement

कोषबाट विभिन्न शीर्षकमा बैंकले ५० हजार देखि १० लाखसम्म कर्जा प्रवाह गर्ने छ । कर्जा लिदा ऋणीले ३ वर्षसम्म ब्याज तिर्नुपर्ने छैन ।

ब्याजप्रदेश सरकारले सम्बन्धित बैकलाई उपलब्ध गराउनेछ । पर्यटन क्षेत्रमा भएको खर्बौको लगानी संरक्षण गर्न २०७७।०७८ को बजेटमा कोभिड १९ बाट प्रभावितव्यवसायलार्ई छुट्याइएको १ खर्बको पुनकर्जा कोष र ५० अर्बको व्यवसाय सञ्चालन कोष सञ्चालन प्रक्रिया सरलीकृत गर्न पनि संस्थाले माग गरेको छ ।

पुर्नकर्जा कोष उपयोग गर्न साना,मझौलातथा ठूला व्यवसायीलाई प्राथमिकतामा राख्नउचित हुने परिषदले ठहर गरेको छ ।विज्ञप्तिमा हजारौं व्यवसायी र उद्योगीलाई विस्थापित हुनबाट रोक्न कोषको उचित कार्यान्वय गर्न सरलीकृत रुपमा गर्न संस्थाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया