एबिसी जान चाहिँदैन पिसिआर रिपोर्ट

समाधान संवाददाता, पोखरा
विश्वकै उत्कृष्ठ १० भित्र पर्ने अन्नपूर्ण पदमार्ग र अन्नपूर्ण बेस क्याम्प (एबिसी) जान अब कोरोना परीक्षण गरेको पिसिआर रिपोर्ट नचाहिने भएको छ । कोरोना संरक्रमको दर घट्दै र फेरि पदमार्गलाई पुरानै लयमा फर्काउन व्यवसायीले पिसिआर रिपोर्ट नचाहिने व्यवस्था गरेका हुन् ।
छोम्रोङ पर्यटन व्यवसायी समितिले मंगलबार बैठक गर्दै पदमार्गमा जान अनिवार्य पिसिआर रिपोर्ट चाहिने व्यवस्थालार्य हटाएको हो । अब पदमार्गका होटल पनि खुलिरहेका छन् । यसै हप्ताबाट बेसक्याम्पका होटलहरु पनि खुल्दै छन् । कोरोना रिपोर्ट अनिवार्य गरेपछि पर्यटक पनि पदमार्गमा कम गएका थिए ।
‘हामीले केही समय अघि पाहुनाका लागि होटल खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियांैं,’ समितिका सचिव दिलीप गुरुङले भने, ‘अब कोरोना संक्रमण पनि घट्दै गइरहेको र जनजीवन पनि सामान्य अवस्थामा फर्किर्दै गइरहेको छ । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर समितिले यस्तो निर्णय लिएको छ ।’
एबिसी आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन उनको सुझाव छ । अहिले देउरालीसम्म होटलहरु पूर्ण रुपमा खुलेका छन् ।
देउरालीबाट माछापुच्छ«े २ घण्टामा पुग्न सकिन्छ । कामदारहरु फर्किनसकेकाले अझै पूर्ण रुपमा खुला गर्न नसकिएको व्यवसायीले बताएका छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया