नेकपा साधारण सदस्यबाट हटाइए ओली

समाधान संवाददाता २०७७ माघ ११ गते १९:५०

समाधान संवाददाता

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ ।

आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी साधारण सदस्यबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Advertisement

प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गर्दै ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय भएको हो ।

ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाएपछि पनि उनले संविधान, लोकतन्त्र, राष्ट्रको नीति, राष्ट्र हितविरुद्ध गतिविधि गरेको र स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाट हटाएको श्रेष्ठको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया