निफ्राको आइपीओ सबैले ५० कित्ता पाउने, ६० कित्तालाई ‘लक्की ड्र’

समाधान संवाददाता २०७७ माघ १५ गते १९:४९

काठमाडौं

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा ५० कित्तासम्म आवेदन दिने सबैले पाउने भएका छन् ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले प्रि–अलोटमेन्टमार्फत् १४ लाख ७५ हजार ८ वटा आवेदनलाई योग्य ठहर गरेको हो । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले पाउनेछन् भने केही भाग्यशालीले ६० कित्तासम्म सेयर प्राप्त गर्नेछन् । प्रि अलोटमेन्टमा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ ।

Advertisement

आइपीओ बाँडफाँट शुक्रबार विहान १० बजे हुनेछ । बैंकले माघ २ देखि ६ गतेसम्म ८ अर्ब रुपैयाँ बराबरको निष्कासन गरेको ८ अर्बको आईपीओमा आवेदन दिनेको संख्या १४ लाख ८१ हजार २८४ थियो । उनीहरूले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँका लागि आवेदन दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया