पोखरामा भाेलि नागरिक आन्दोलन

समाधान संवाददाता, पोखरा
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध पोखरामा शनिबार आन्दोलन हुने भएको छ । काठमाडौंमा नागरिक आन्दोलन भइरहँदा पोखरामा पनि स्वतंस्फूर्त रुपमा आन्दोलनको आह्वान गरिएको हो ।
साहित्यकार गनेस पौडेल, तीर्थ गुरुङ, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल सुनिल सिग्देल, अनिकर्म, सुदर्शन पौडेल, निर्मला न्यौपाने, आस्था नेपाली र हेमन्त पहारीले संयुक्त विज्ञप्ति जारी गर्दै ‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’का लागि आह्वान गरेका छन् ।
ओलीको कदमले देशलाई अधिनायकवादतिर धकेल्दै लगेको भन्दै त्यसको विरुद्धमा आन्दोलनमा उत्रिन थालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । चिप्लेढुंगाबाट दिउँसो ३ बजेदेखि शुरु हुने आन्दोलन महेन्द्रपुल भीमसेन दाहालको शालिक अगाडि पुगेर अन्त्य गर्ने बताइएको छ ।
अब पनि नबोले भविष्यमा वाक स्वतन्त्रता नै धरापमा पर्ने स्थिति सिर्जना भएकाले प्रतिगमनविरुद्ध आवाज उठाउन जरुरी रहेको आन्दोलनको ठहर छ । उनीहरुले अबको आन्दोलन नितान्त नागरिकस्तरबाट शान्तिपूर्ण र गैरराजनीतिक हुनुपर्ने बताएका छन् ।
विद्यार्थी शिक्षक, लेखक, समाजसेवी एवं देश र संविधानको चिन्ता गर्ने हरेक नागरिकहरु प्रतिगमनविरुद्धको आन्दोलनको हिस्सा हुने पनि विज्ञप्तिमा उल्लेख छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया