गण्डकीमा ३ दिनमा लक्ष्यको ४५ प्रतिशतले लगाए खोप

समाधान संवाददाता २०७७ माघ १६ गते २१:०५
kf]v/f, !$ df3M vf]k nufpFb} kf]v/f :jf:Yo k|lti7fgsf pks'nklt 8f yfkf . k|yd r/0fsf] sf]le8– !( lj?4sf] klxnf] vf]k nufpFb} kf]v/f :jf:Yo lj1fg k|lti7fgsf pks'nklt 8f a'l4axfb'/ yfkf . tl:a/M /flwsf sF8]n÷/f;;

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा ३ दिनमा झन्डै ८ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । खोप अभियानको तेस्रो दिन शुक्रबारसम्म ७ हजार ८ सय ९२ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

यो पहिलो चरणमा खोप लगाउने संख्याको ४५.३६ प्रतिशत हो ।

Advertisement

गण्डकी प्रदेश सरकारले पहिलो चरणमा साढे १७ हजार ३९६ फ्रन्टलाइनरलाई कोप लगाउने लक्ष्य राखेको छ । शुक्रबार ३१ सय ६५ जनाले खोप लगाए ।

कास्कीका ३२ सय २६, लमजुङका ७८४, बागलुङका ६२६, नवलपुरका ६ सय, स्याङ्जाका ५८७, तनहुँका ५४८, गोरखाका ५१७, पर्वतका ४७६, म्याग्दीका ३१२ मनाङका ११० र मुस्ताङका १०६ जना फ्रन्टलाइनरले शुक्रबारसम्म खोप लगाएको स्वास्थ्य निर्देशक शर्माले जनाए ।

Advertisement

खोप लगाउन प्रदेशभर १५ सेन्टर तोकिएको छ । खोप लगाउन कास्कीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र संक्रामक तथा सरुवा रोग अस्पतालाई सेन्टर तोकिएको छ ।

पर्वतमा जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई सेन्टर बनाइएको छ भने अरु ९ जिल्लाको जिल्ला अस्पतालमा अभियान चलिरहेको छ । खोप लगाएका कसैलाई पनि गम्भीर समस्या नदेखिएको स्वास्थ्य निर्देशक शर्माले जानकारी दिए ।

‘कसैकसैलाई ज्वरो आउनेलगायत अरु सामान्य समस्या देखिएको छ । केही समय आराम गरेपछि उहाँहरुलाई ठीक भयो,’ उनले भने, ‘सामान्यबाहेक अरु ठूलो समस्या अहिलेसम्म कसैलाई देखिएको छैन ।’

खोप लगाएका कारण कुनै गम्भीर समस्या आइहाले प्राथमिक उपचार जिल्ला अस्पतालमै गर्ने र गम्भीर भए पोखराको मुख्य ४ अस्पतालमा ल्याउने व्यवस्था प्रदेश सरकारले गरेको छ ।

कुनै समस्या भए पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र संक्रामक तथा सरुवा रोग अस्पतालमा रेफर गरिने छ ।

गण्डकी प्रदेशमा शुक्रबारसम्म १५ हजार ५०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ हजार ८९४ जना निको भएका छन् भने २०३ संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया