एलिना गुरुङ भइन् नेपाल स्टार

समाधान संवाददाता २०७७ माघ १७ गते १९:३२


काठमाडौं, १७ माघ


नेपाल टेलिभिजनमार्फत प्रशारित सिंगिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । उपाधिसँगै उनले ३५ लाख रुपैयाँ नगद पुरस्कार पनि पाएकी छन् ।
‘शो’को फाइनलमा स्थान बनाएका अन्य ३ प्रतिस्पर्धी लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामाले जनही ५ लाख रुपैयाँ पाएका छन् । विजेताले त्यसमा थप ३० लाख रुपैयाँ पाएसँगै शो विजेताले कुल ३५ लाख रुपैयाँ नगद पाएका हुन् । ‘शो’को विजेता बनेसँगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । अन्य तीप उपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया