अदालतको निर्णय सबैले मान्नुपर्छः कांग्रेस नेता खतिवडा

समाधान संवाददाता २०७७ माघ १७ गते २१:३१

समाधान संवाददाता, पोखरा

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभा पुनर्वहाली हुन सक्दैन भन्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र भएको बताएका छन् ।

नेता खतिवडाले सबै राजनीतिक दल नागरिक समाजका प्रतिनिधि संसद पुनःस्थापनाको पक्षमा रहेको उल्लेख गरे । नेपाल प्रेस युनियन कास्कीले शनिबार गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएकाले त्यसको विरोधमा आन्दोलन भएको धारणा राखे ।

Advertisement

‘प्रधानमन्त्री ओलीले अख्तियारको दुरुपयोग गरेर संविधान विपरीत काम गरे,’ नेता खतिवडाले भने, ‘प्रधानमन्त्री ओलीको असंविधान कदमलाई स्वीकार गर्न नसकेर कांग्रेसले चरणबद्ध आन्दोलन गरेको छ ।’ उनले कांगेसले निर्वाचन क्षेत्र, पालिका हुँदै वडातहमा विरोधमा कार्यक्रम गरेको स्मरण गरे ।

उनले संसद विघटनको मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए ।

Advertisement

सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सदर तथा बदर जे गरे पनि काग्रेसले त्यसलाई मान्ने प्रष्ट गर्दै उनले संविधानको व्याख्या गर्ने अधिकार पार्टीका नेतालाई नभएर सर्वोच्चलाई भएको उल्लेख गरे ।

संविधानसभा सदस्यसमेत रहेका खतिवडाले आफूलगायत प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत संविधान निर्माणका विद्यार्थी तथा संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ शिक्षक भएको टिप्पणी गरे ।

उनले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुने या नहुनले कांग्रेसको महाधिवेशनलाई प्रभाव पार्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया