‘सक्छौ भने चन्द्रमा र सूर्यलाई थुन…’

समाधान संवाददाता, पोखरा
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोधमा पोखरामा नागरिक आन्दोलन सुरु भएको छ । काठमाडौंमा हुँदै आएको आन्दोलन शनिबारदेखि पोखरामा पनि सुरु भएको हो । पोखरामा शनिबार र्यालीसहित विरोध प्रदर्शन भएको छ ।
र्यालीमा सहभागीले संवैधानिक निकायमाथि कब्जा बन्द गर, ओलीतन्त्रबाट गणतन्त्रलाई बचाऔं, प्रतिगमनका छोराछोरीले प्रतिगमनलाई ‘बा’ भन्छन्, संवैधानिक सर्वोच्चता कायम गर लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
र्यालीपछि आयोजित सभामा बोल्दै लेखक गनेस पौडेलले देश संकटमा परिरहँदा प्रतिपक्षी दल प्रधानमन्त्रीको कुर्सी ताक्ने ध्याउनमा लागेको बताए ।
‘यो संसदको मात्रै होइन संविधानको विघटन हो । चुनावमा पहिलो भएर एउटा पार्टी प्रधानमन्त्रीको कुर्सी ताकेर बस्छ,’ लेखक पौडेलले भने, ‘अर्को एउटा पार्टी सूर्य चिह्न कसको भागमा पर्ला भन्ने चिन्ताले ग्रसित छ । संविधान र देशको चिन्ता लिने राजनीतिक दलको ठूलो उपस्थिति छैन ।’
आफ्नो घरझगडाले गर्दा प्रधानमन्त्री ओलीले पुरै गाउँलाई नै आगो लगाएको उनले बताए । ‘जब संविधानमाथि उनले कू गर्छन् त्यो नेपाल आमाको थाप्लोमाथि गरेको कू र आमाको टाउकोमा हानेको लात्ती हो । अब पनि बोलेनौं चुप लागेर बस्यौं भने योभन्दा ठूलो आत्मघात र राष्ट्रघात अरु हुँदैन,’ लेखक पौडेलले भने ।
सुशासनका लागि नागरिक समाज कास्कीका पूर्वाध्यक्ष आनन्दराज मुल्मीले एकजना व्यक्तिको स्वार्थले जनता सडकमा आउनुभन्दा ठूलो विडम्बना अरु हुन नसक्ने टिप्पणी गरे । नेपालको संविधानले अब पुस्ता सडकमा आउनुपर्दैन भनेर व्यवस्था गरे पनि हस्ताक्षर गर्नेले नै त्यसलाई कुल्चिएको उनले बताए ।
प्रदर्शनमा कविता वाचन र गीत पनि प्रस्तुत गरिएको थियो । संगम साँस्कृतिक मञ्चका प्रतिनिधिले गीत गाए । २०६२÷०६३ को जनआन्दोलनका प्रथम सहिद भीमसेन दाहालको महेन्द्रपुलस्थित सालिक अगाडि उभिएर गाएको गीत यस्तो थियोः
थुन थुन विमतिका आवाजलाई थुन
कालोलाई कालै हो भन्न नदिन
थुन थुन तिमीलाई हेर्ने आँखाहरु थुन
नांगिएको तिम्रो रुप हेर्न नदिन
अध्याँरोमै राख्ने भए राँको किन बाल्यौ,
निरंकुशता लाद्ने भए राजा किन फाल्यौ ?
सक्छौ भने चन्द्रमा र सूर्यलाई थुन,
नांगिएको तिम्रो रुप हेर्न नदिन








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया