क्यान्सर जित्ने मनीषाको आत्मकथा

समाधान संवाददाता २०७७ माघ १८ गते ६:००

खिम लामिछाने काजी

मनीषा कोइरालाको जिजीविषा उनको अंग्रेजीमा लेखिएको ‘हिल्ड’ को अनुवादित पुस्तक हो । जुन पत्रकार स्वरुप आचार्यले अनुवाद गरेका हुन् ।

पुस्तक पढ्दा पाठकलाई अनुवाद गरेको कुनै छनकसम्म हुँदैन । १८७ पेज भएको पुस्तकमा २५ वटा च्याप्टर छन् । जस्को हरेक च्याप्टरको सुरुआतमा कुनै न कुनै दार्शनिकको भनाइलाई उद्धृत गरिएको छ ।

Advertisement

साहित्यपोस्ट बेस्ट सेलर सूचीमा पुस महिनाको उत्कृट पहिलो नम्बरमा पर्न सफल ‘जिजीविषा’ फाइन प्रिन्टबाट प्रकाशित भएको हो ।

यो पुस्तक हार्ड कभर र सफ्ट कभर दुबैमा प्रकाशित छ । जस्को मूल्य क्रमशः ६९८ र ४९९ रुपैयाँ छ । पुस्तक आत्मवृतान्त शैलीमा लेखिएको क्यान्सरसँगको लडाइँको कथा हो । जस्मा पारिवारिक तथा क्यान्सर उपचारको क्रममा खिचिएका तस्बिरहरुलाई समेत समावेश गरिएको छ ।

Advertisement

जिजीविषा बलिउड चलचित्र उद्योगकी एक ख्यातिप्राप्त कलाकार मनीषा कोइरालालाई पाठेघरको क्यान्सर लागेपछिको हृदयस्पर्शी आत्मकथा हो जसले थुप्रै असाध्य रोग तथा प्राणघातक रोगलागेर जीवन मरणको दोसाँधमा बसेर दिन काट्न विवशहरुको हौसला बुलन्द गर्न सहयोगसिद्ध हुने नै छ ।

वैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध समाप्त हुँदाको भावना र क्यान्सर रोग लागेको थाहा पाउँदाको पीडाका अनुभूतिहरुलाई नीलमकुमारको सहयोगमा शब्दमा जीवन्त उतारेकी छन् । अनुभूतिहरु उतार्ने क्रममा समय मिति र स्थानसमेत उल्लेख गरेकी छन् ।

त्यसका अलवा समस्त पाठकहरुलाई सकारात्मक ऊर्जा दिन सफल रहेको छ । समग्रमा यो पुस्तकले सकारात्मक सोच्न र जीवनमा जस्तो सुकै समस्या वा पीडा आइपरे पनि त्यसलाई स्वीकार गरी जीवन अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

क्यान्सरलाई मनीषाले कसरी जितिन भन्ने प्रेरणादायी अनुभव र अनुभूतिका साथै नेपाली महिलाहरुले कसरी आफूलाई क्यान्सरबाट टाढा राख्न सक्छन् भने सल्लाह र सुझावसमेत समावेश गरिएको छ ।

यो पुस्तक २०६४ सालमा प्रकाशित जगदीश घिमिरेको आत्मकथा अन्तर्मनको यात्रासँग मिल्दोजुल्दो छ । दुबै पुस्तकहरु क्यान्सर रोगले ग्रस्त भएर अस्पतालको शय्यामा बसेर लिखिएका हुन् ।

मनीषा कोइरालाले पुस्तक लेख्ने उत्प्रेरणा २०१३ मा नेपालबाट अमेरिका गएका रिम्पोछेबाट मिलेको थियो, जुन बेला उनी न्युयोर्कको अस्पातलमा क्यान्सरसँग लडिरहेकी थिइन् । त्यही समयदेखि आफ्ना मनमा खेलिरहेका तरंगहरुलाई पीडाहरुलाई शब्दमा लिपिबद्ध गर्दै डायरीको पानामा उतार्न सुरु गरिन् ।

वैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध समाप्त हुँदाको भावना र क्यान्सर रोग लागेको थाहा पाउँदाको पीडाका अनुभूतिहरुलाई नीलमकुमारको सहयोगमा शब्दमा जीवन्त उतारेकी छन् । अनुभूतिहरु उतार्ने क्रममा समय मिति र स्थानसमेत उल्लेख गरेकी छन् ।

बलिउड स्टारको रंगीन जीवनमा एक्कासि क्यान्सर जस्तो भयानक प्राणघातक रोगले आक्रमण गर्दा मृत्यु नै नजिकै आएको अनुभूति भएको, आँखामा आसु आएको, जीवन मरणको दोसाँधमा रहेको स्मरण गरेकी छन् ।उनले आफ्ना पीडाले भरिएका दिनहरुमा खुसी र आनन्दलाई आत्मसाथ गर्न नेपालका पहाड र हिमाललाई सम्झिने गरेको बताएकी छन् ।

कतिपय अवस्थामा मनिसको हाउभाउ कटाक्षको आधारमा वरिपरिको के भइरहेको छ, घटना के घटेका छन भन्ने कुरा पत्ता लगाउन सकिन्छ । मनीषाले पनि रोग लागेर आस्पातल लगेपछी, आफ्न्तका अनुहार पढेर आफ्नो रोग के कस्तो हो बुझ्ने प्रयास गरेकी रहेछिन् । आफन्तका आँखाबाट आफूलाई कुनै ठूलै रोग लागेको हुन सक्ने आशंका गरेकी रहिछन् ।

एकातिर मृत्युको अन्धकार अर्कोतिर बाच्ने झिनो आशा । सकारात्मक र नकारात्मक बिचको द्वन्द उनको मनसपटलमा चलीरहदाका अस्मरणिय क्षणहरुलाई उल्लेख गरेकी छन । त्यो नकरात्मक बिउलाई कसरी मन मस्तिस्कबाट निकाल्ने, क्यान्सरको डरबाट कसरी मुक्त हुने, जीवनलाई कसरी जिउने उत्प्रेरणा दिने जस्ता सकारात्मक सन्देशहरु यस पुस्तकमार्फत दिएकी छन् ।

क्यान्सर लागेपछि जो कोही होस सबैलाई अब मरिन्छ भन्ने लाग्छ । अब केही दिन महिना मात्रको पाहुना हुँ यस संसार भन्ने मनमा आउछ । मनीषालाई पनि आफ्नो आयु अब केहीवर्ष महिनाभन्दा लामो छैन भन्ने महसुस हुन्छ । तर उनको मस्तिस्कमा बाँच्ने झिनो आशाको किरण पलाउँछ र भन्छिन्‘के मृत्युलाई पराजित गरेर बाच्न सकिन्छ ?’

मनीषा कोइरालालाई बिआरसिए १ पोजेटिभ डिम्बासयको क्यान्सरको अन्तिम अवस्थाले आक्रमण गरेको थियो । जस्मा बिरामीको बाँच्ने दरमात्रै १९ प्रतिशत रहेको कुरा उनका डाक्टरबाट जानकरी पाइन् ।

एकातिर मृत्युको अन्धकार अर्कोतिर बाच्ने झिनो आशा । सकारात्मक र नकारात्मक बिचको द्वन्द उनको मनसपटलमा चलीरहदाका अस्मरणिय क्षणहरुलाई उल्लेख गरेकी छन । त्यो नकरात्मक बिउलाई कसरी मन मस्तिस्कबाट निकाल्ने, क्यान्सरको डरबाट कसरी मुक्त हुने, जीवनलाई कसरी जिउने उत्प्रेरणा दिने जस्ता सकारात्मक सन्देशहरु यस पुस्तकमार्फत दिएकी छन् ।

क्यान्सर रोग नै त्यस्तै हुन्छ । थाहै नपाई भित्रभित्र शरीरलाई खाएर खोक्रो बनाइरहेको हुन्छ । तर बिरामीलाई अत्तोपत्तो हुँदैन ।

मनीषालाई पनि सुरुमा पेट बढ्यो भनेर जिम जाने, शरीरिक व्यायाम गर्ने, चिकित्सक साथीहरुको सल्लाह लिने गरेकी रहेछिन । पेट फुल्दै जानुको कारण क्यान्सर हुन सक्छ भन्ने कुराको थोरै शंका समेत लागेनछ । बरु पेट घटाऊन सिद्ध बिनाएको भाकल गर्ने गरिछन् ।

मनीषाले क्यान्सर रोग पत्ता लगाउने क्रममा आफू बिहेको भोजमा गएको रात तन्नै मदिरा पिएको तत्पश्यात पेट निकै दुखेर रातभर उत्तानो परेर सुतेको, भोलि बिहान भाइ सिद्धार्थको साथमा डा मधु घिमिरेलाई भेटेको उल्लेख गरेकी छन् । प्रायजसो बिरामीलाई डाक्टर भेटेपछि आधा रोग निको हुने गर्छ, उनीलाई पनि त्यस्तै भएको रहेछ ।

उनले रक्सी धेरै पिउने कुरालाई स्वीकार गरेकी छन् । रक्सी धेरै पिउनाले कलेजो सम्बन्धी रोग लाग्यो होला भन्ने उनलाई लगेको रहेछ । तर पेटमा पानी जमेको छ अपरेसन गरी निकाल्नु पर्छ भनेर डाक्टरले भनेपछि उनलाई छटपटी बढेछ ।

सिटी स्क्यानको रिपोर्ट कुर्दाको हुटहुटी, बायोप्सीको रिपोर्ट आफ्न्तीले नभनी दिँदाको बेचैनीलाई उनले शब्दमा बयान गरेकी छन् । दिनरात पर्खे पनि रोगबारे कसैले केही नभनी दिदा एक्कासि एक एक गर्दै आफन्तीहरु भेट्न आउन थालेपछि उनी केही शशंकित भइन् । डर र तनाव मिश्रित स्वरले धेरैलाई आफ्नो रोग बारे सोध्न थालिन् ।

बिस्तारै डाक्टरले क्यान्सर भएको बताउँछन् । तर उनी नियमित शारीरिक व्यायाम गर्ने र सन्तुलित भोजन गर्ने हुनाले आफूलाई क्यान्सर रोग लागेको कुरामा विश्वास गर्दिनन् ।

डाक्टरले क्यान्सर पनि चौथो अवस्था रहेको बताउँदै गर्दा मनीषाको मानसिक अवस्था नै परिबर्तन भइसकेको हुन्छ । कसले के भन्यो कुनै हेक्का नै छैन । एक्कासि कोठा घुम्न थालेछ, आफूमुनिको धरातल भासिए झैँ भएछ । आकाशमा उडिरहेको मान्छे सिधै जमिनमा खसे झैँ भएछ ।

जब उनलाई क्यान्सर नै हो भन्ने लाग्यो, त्यो रात उनको जीवनको सबै भन्दा लामो रातो भयो । सायद उनि त्यो रात उनि सुत्न सकिनन् । उनी लेख्छिन्‘भोलिपल्ट बिहान अस्पतालबाट बाहिरिँदा अर्कै मनीषामा परीणत भएको भान भएको थियो । नुर गिरेको, स्तब्ध, कुनै पनि दृष्टिमा स्टार जस्तो देखिन्न्थे ।’

जब कुनै असाध्य निको नहुने प्राणघातक रोग लाग्छ । जसको उपचार सम्भव हँुदैन । त्यसपछि हरेकले भनेका सुझाएका उपचार पद्दतिहरुमा विश्वास लाग्दछ र अपनाइन्छ ।

मेरो छोरालाई पनि उपचार नै नहुने सजिलै हाड भाचिने रोग ओस्टियोजेनेसिस इम्पर्फेक्टा भएपछि धेरैले धेरैथरीका घरेलु तथा होपियोपथिक उपचारहरु गर्न थालेका थियौ । जो जसले जे जस्तो सल्लाह सुझाव दिए पनि शिरोधार्य गर्ने गरेका छौ । मनीषा पनि जसले जे भन्छ त्यहि गर्ने स्थितिमा थिइन् ।

उपचार नहुने रोग लागेपछि संसारमा कुनै चमत्कार भएर उक्त रोग सम्बन्धी औषधी पत्ता लाग्छ भने कुरामा आशा लागिरहन्छ । हामी यस्तै कुनै मिराकल होला कि भन्ने आशामा बचेका छौ । मनीषापनि त्यस्तै कुनै चमत्कारले रोग निको पार्ला भाने झिनो आशामा बँचेकी थिइन् ।

परिवारको कुनै एक सदस्यलाई ठूलो रोग लाग्यो वा विपत आइलाग्यो भने सबै सदस्य हतोत्साहित हुन्छन् । परिवारमा तनाब हुन्छ । उपचार खर्चको जोहो कसरी गर्ने, कुन अस्पातल लग्ने ।

सबैको अनुहारमा नैराश्यता रेखाहरु रेखांकित हुन्छन् । हाम्रो परिवारमा पनि त्यस्तै भएको थियो जब हाम्रो बुबालाई क्यान्सर रोग लागेको रिपोर्ट आएको थियो ।

अनि त्यस्तै निशारा छाएको थियो जब छोरालाई निको नहुने हाड भाँचिने रोग ओई भएको रिपोर्ट आएको थियो । यद्यपि आफन्त र शुभचिन्तकहरुको भरिलो स्वरले सान्त्वना दिदा आत्मबल दरो बन्दै जान्छ । मनीषाको पनि परिवारले क्यान्सर लागेपछि निकै सहयोग गरे ।

बिरामी भएपछि जो कोही किन नहोस डाक्टरलाई भेटेर आफ्नो व्यथा सुनाउन पाउँदा आधा रोग आँफै निको भएको अनुभूति हुन्छ । मनीषालाई पनि क्यान्सरको उपचार लागि भारतमा डा आडवाणीलाई भेट्ने तिब्र इच्छा थियो । तत्काल भेटेर औषधी खाइहालौं भन्ने थियो ।

त्यती बेला उनलाई समय नै धिमा गतिमा चलेको जस्तो भइरहेको थियो । हामीलाई पनि ठीक त्यस्तै भएको थियो जति बेला हामीले अनिमेषको उपचारको लागि बि एन्ड बि अस्पातल गएका थियौ । तर अनेक कोसिस गर्दा पनि डा. अशोककुमार बास्कोटालाई भेट्न सकेका थिएनौ ।

उहाँको टिकट लिनको लागि रातीको १ बजे अस्पातल जादा होटेलको कुकुरले टोकेको थियो । तर टिकट पाउन सकिएन । भोलिपल्ट अपराह्नमा डा बास्कोटालाई भेटेपछि निकै खुशी लागेको थियो ।

मनिषाको आत्मकथा पढिरहदा मलाई पनि अनिमेषको उपचारको सिलसिलामा अनेकौ अस्पातल चाहर्दै हिँडेको याद ताज भएर आइरह्यो । मनीषा एक सुपर स्टार भएकाले संसारका सबै डाक्टर तथा बिशषज्ञलाई सजिलै भेट्न सक्थिन् तर हामी भुइँ मान्छेले चाहेको बेलामा चाहेको डाक्टर भेट्नु पनि भागवान भेटे जस्तै हुन्छ ।

बिमानस्थान देखी मनिषालाई अस्पातल पुग्न निकै हतार थियो तर बुम्बइको ट्राफिक जाम, त्यही माथि ढल बिस्तार र मेट्रोरेलका लागि बाटोमा काम भईरहेको ।

उनी निकै तनाबमा थिइन । हामी पोखरा देखी काठमाडौं अनिमेषलाई लिएर जाँदा खराब मौसमको कारण जहाज अवतरण हुन नसकी २ घण्टा जती आकाशमै घुमिरहेको थियो । त्यति बेला हामीलाई निकै तनाव भएको थियो । जस्तो मनिषालाई कती बेला अस्पातल पुगेर डाक्टरलाई भेटौ भने छटपटी र हुटहुटी भइरहेको थियो ।

पुस्तकमा डाक्टर सुरेश आडवाणीबारे लेखिएका शब्दहरु निकै सकारात्मक, ऊर्जाशील र प्ररणादायी छन् । अलिकति भएपनि डा आडवाणीको जीवनी पढ्न पाउँदा पाठकलाई हौसला र उत्प्रेरणा मिल्छ । अझ अपांगता भएर ह्विलचेयरमा जीवन बाँच्न बिवशहरुको लागि त प्रेरणाको सोत नै हुनुहुँदो रहेछ । उक्त कुरा मैले अनिमेषलाई पनि पढेर सुनाए ।

मनीषा एक निडर व्यक्ति हुन भन्ने कुरा उनलाई क्यान्सर लागेको ठहर भएपछि आफ्नो उपचार कसरी अगाडि बढाउनेबारे डाक्टरहरुसँग बहस गरेको कुराले प्रस्ट्याउँछ ।

क्यान्सर भनेको रुघाखोकी जस्तो सामान्य औषधी सेवनले निको हुने रोग होइन । यो त शरीरले किमोथेरापी दिँदा के कस्तो प्रतिक्रिया देखाउछ भन्ने कुरामा भर पर्दछ । केमो दिएपछि कतीपय बिरामीहरुको मृत्यु हुने गरेको सुनेको छु र प्रत्यक्ष देखेको पनि छु ।

दुःख परेको अवस्थामा सबैले पुकार्ने भनेकै ईश्वर भगवानलै नै हो । अझ झन मरिन्छ कि बाँचिन्छ भन्ने अवस्थामा देखेका सोचेका सुनेका सबै भगवान र आस्थाका केन्द्रहरुमा प्रथाना र भाकल गर्न पुग्छौं हामी सबै । त्यस्तै मनीषाको परिवारले पनि पूजा गर्ने, भाकल गर्ने लगायता विभिन्न धार्मिक विधिहरु अपनाएका रहेछन ।

अप्रेसनपछि रिकभरि कोठामा राखिएको बेला उनले २०१२ मा मुम्बई स्थित साथीको अपार्टमेन्टमा भएको अनौठो घटनालाई याद गरेकी छन् । न्युजल्यान्डबाट आएका दुईजना माओरी हिलर (झारफुके) ले उनको डिम्बासय नराम्रोसँग तातेकोको बताएका रहेछन् । अहिले उनलाई ती हिलरले ठिकै पो भनेका थिय कि भन्ने लागेको रहेछ । त्यति बेलैदेखि क्यान्सरले आक्रमण सुरु गरेको रहेछ कि भन्ने उनलाई अहिले लागेको रहेछ ।

क्यान्सर उपचारको दौडानमा डाक्टरले भन्ने गरेका कुराहरु साह्रै महत्वपूर्ण हुन्छ । विभिन्न रिपोर्टको आधारमा डाक्टरले भनेका कुनै कुराले खुसी दिन्छ भने कुनै कुराले तनाव ।

अप्रेसनपछि डाक्टर डेनिस चीले भनेका कुराले मनीषालाई निकै निराशा तुल्याउँछ । उनलाई के म अझै बाँच्छु ? वा मेरो मृत्यु हुन्छ भन्ने अनिश्चिताले अँगाल्छ ।

क्यान्सर भनेको रुघाखोकी जस्तो सामान्य औषधी सेवनले निको हुने रोग होइन । यो त शरीरले किमोथेरापी दिँदा के कस्तो प्रतिक्रिया देखाउछ भन्ने कुरामा भर पर्दछ । केमो दिएपछि कतीपय बिरामीहरुको मृत्यु हुने गरेको सुनेको छु र प्रत्यक्ष देखेको पनि छु ।

मेरो आफ्नै बुवाको पनि क्यान्सरको उपचार सुरु गर्दा पहिलो केमोथेरापीको डोज थाम्न नसकी मृत्यु भएको थियो । केमोथेरपीपछि शरीरले कस्तो प्रतिक्रिया लिने होला भन्ने मनीषालाई निकै चिन्ता लागेको थियो ।

उनको विचारमा क्यान्सर लागेका बिरामीहरुको अवस्था मृत्युदण्डको दिन कुरेर बसेका कैदीहरु भन्दा पनि नराम्रो हुन्छ । हुन पनि हो हामी मानव समुदाय आशा र भरोशामा बाचेका हुन्छौं । लामो आयु बाँच्ने आशा । अस्पातल र डाक्टरप्रतिको भरोसा । तर जस्को उपचार नै छैन भनिएको छ । जस्को मृत्यु केही दिन, महिनापछि अवश्य हुन्छ भन्ने पहिल्यै अनुमान गरिएको छ भने उनीहरुको जीवनमा निराशा सिवाय अरु के होला ?

हरेक बिरामीलाई अस्पतालप्रति, डाक्टर प्रति, औषधी प्रतिसधैं एउटा आशा भने रहिरहन्छ । अहिलेसम्म औषधी आविष्कार नभएको हो भने अब केही दिन महिना बर्षमा होला भन्ने आशा हुन्छ । त्यस्तै आशामा हामी पनि बाचेका छौ । अनिमेषलाई लागेको ओस्टेओजेनेसिस इम्पेर्फेक्टा रोगको औषधी अहिले सम्म छैन तर एक दिन औषधीको बिकास होला भन्ने आशामा छौं ।

त्यस्तै मनीषालाई पनि कुनै चमत्कार होला, आफ्नो क्यान्सरको उपचार सम्भव होला, नयाँ जीवन पाउन सकिएला भन्ने झिनो आशा थियो यद्यपि डा भिक्की मक्करले उनको आयु ५ वर्ष तोकिदिएका थिए ।

उनले लेखेकी छन् निडर हुनु भनेको आधा युद्ध जित्नु सरह रहेछ । उनले क्यान्सरसँग लड्न सम्पूर्ण शक्ती लगाएकी थिइन् । औषधी उपचार डाक्टरले गरे होलान तर मनको उपचार उनी आँफैले गरेको खुलास्त परेकी छन । प्रार्थना गर्ने, माला जप गर्ने, सुर्य मन्त्र पाठ गर्ने, अखण्ड मुलमन्त्र १०८ पटक पाठ गर्ने, सधैं सकारात्मक रहने कुराले उनको रोगप्रतिरोधात्मक शक्ति बढेको बताएकी छन् ।

ऐनामा आफ्नो आँखा जुधाएर ‘म बलियो छु’ भनेर निरन्तर अवचेतन मनलाई सन्देश दिने गरेको, राति सुत्ने बेलामा गायत्राी मन्त्र वाचन गर्ने गरेको, वैकल्पिक उपचार अकुपञ्चर लगाएर अबलम्बन गर्ने गरेको, प्राकृतिक उपचार, आयुर्वेदिक, होपियोपेथिक जस्ता अनेकौ उपचार पद्धतिहरुबारे ज्ञान लिने जस्ता विविध क्रियाकलाप गर्दै जाँदा मानसिक रुपमा क्यान्सरसँग लड्न सकेको कुरा प्रस्ट्याएकी छन् ।

क्यान्सरको मुक्तिपछि उनमा निकै सकारात्मक परिवर्तन आए । क्यान्सरसँग लड्दै गर्दा उनले धेरै ज्ञान हासिल गरिन् । जुन ज्ञान उनले सबैलाई बाँड्न चाहिन् । जस्को फलस्वरुप उनले पुस्तक लेखिन् ।

उनी भन्छिन क्यान्सरको उपचार भनेको म्याराथोन दौड सरह हो, छोटो दुरीको दौड होइन । क्यान्सरबाट मुक्ति पाउनआत्मविश्वास, हिम्मत, दृढ संकल्प, सकारात्मक सोच र मैले बाँच्नै पर्छ भने दृढता हुनुपर्ने बताउँछिन् । आफ्नो अनुभवहरु बताएर क्यान्सर रोगले अक्रान्त परेका बिरामीहरुको आत्मविश्वास जगाउने र क्यान्सर रोगबारे जनचेतना फैलाउने अभियानमा अहिले उनी लागेकी छन् ।

क्यान्सर कुनै पनि हालतमा मृत्यु दण्ड होइन । हिम्मत हार्नु हुँदैन । बाँच्नका लागि संघर्ष जारी राख्नु पर्छ । हौसला, सकारात्मक सोच र म आफुलाई मर्न दिने छैन भन्ने दृढसंकल्प गरिरहनुपर्छ । पोलियो मुक्त संसारमा क्यान्सर मुक्त भएको खबर पनि एक दिन सुन्न पाइन्छ । पहिलेको तुलनामा आजकल धेरैले क्यान्सर जितेका छन् । त्यसैले आशा गर्न नछोडांै भन्ने उनको भनाइ छ ।

आफ्नो क्यान्सर अगाडिको जीवन र क्यान्सर लागेपछिको जीवनलाई तुलना गरेकी छन् । आफ्न कमी कमजोरीहरु बताएकी छन् । पुस्तकको अन्त्यतिर उनले महिलाहरुलाई सशक्त बन्न थुप्रै सल्लाह र सुझाव दिएकी छन् । यो पुस्तकले पाठकलाई सकारात्मक ऊर्जा दिनेछ । साथै मनीषा कोइरालाको व्यक्तिगत जीवन बुझ्न सहयोग गर्नेछ ।

आत्मकथामा कतिपय ठाउँमा बिम्बहरुको प्रयोग गरेको पाइन्छ भने कतिपय ठाउँमा जीवन दर्शनलाई प्रस्तुत गरेकी छन् । उनले साहित्यप्रतिको आफ्नो रुचिलाई यसरी दर्शाएकी छन, ‘साहित्य पढ्नु र आमाको काखमा घुर्सिनुमा समान आनन्द मिल्छ ।’भारतमा हुँदा ८० भन्दा बढी चलचित्रमा काम गरेको र तत्कालीन समयमा उत्कृष्ट बलिउड अभिनेत्री भएकोमा निकै गर्वान्वित महसुस गरेकी छन् ।

यद्यपि मनीषाले पहिलो पटक मेगा उलमा मोडलिङ गरेको, नेपाली चलचित्र फेरि भेटौंला, जुन हाम्रै घरतिर छायांकन गरिएको थियो भने हामी सुटिङ हेर्न पनि गएका थियांै, त्यसको बारेमा उल्लेख गरेकी छैनन् । त्यसैगरी राजेश हमालसँगै अभिनित नेपाली चलचित्र धर्माको बारेमा पनि केही उल्लेख गरेकी छैनन् ।

तपाईको प्रतिक्रिया