म्याग्दीमा कुष्ठरोगी बढे

समाधान संवाददाता २०७७ माघ १८ गते २१:४२

राकेश शर्मा, म्याग्दी

म्याग्दी जिल्लामा कुष्ठरोगका बिरामी बढ्दो क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिले १३ जना कुष्ठरोगीहरुको जिल्ला अस्पतालमा उपचार लिइरहेका छन् ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार गत वर्ष १० जना र यस वर्षको पुस मसान्तसम्म ३ जना कुष्ठरोगी फेला परेका छन् ।

Advertisement

गण्डकी प्रदेशको तुलनामा म्याग्दीमा ०.९० प्रतिशत बिरामी छन् । जिल्लाको प्रत्येक १० जना जनसंख्यामा १ भन्दा बढी बिरामी छन् । यो रोगको उपचार १२ महिना भन्दा बढी हुने भएकाले बढी देखिए पनि निवारणका लागि विभिन्न कार्यक्रमहरु भइरहेको प्रमुख लम्सालको दाबी छ ।

६८ औँ कुष्ठरोग दिवसको अवसरमा बेनीमा भएको पत्रकार अन्तक्र्रिया कार्यक्रममा प्रमुख लम्सालले कुष्ठरोग बिरामीले लुकाउने र अन्तिममा उपचारका लागि अस्पताल आउने प्रवृत्तिले उपचार र पहिचानमा समस्या भएको बताए ।

Advertisement

‘हामीलाई पहिलो चुनौती भनेको सामाजिक भेदवाभ हो, रोग लाग्नु भन्दा पनि लागेपछि समाजले हेर्ने दृष्टिकोणले बिरामीलाई समस्या हुन्छ,’ उनले भने ।

स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीका अनुसार कुष्ठरोगको लक्षण देखिए छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखापर्ने र स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशी कमजोर हुने गर्दछन् ।

तपाईको प्रतिक्रिया