कक्षा १२ को नतिजा आज

समाधान संवाददाता २०७७ माघ १९ गते ९:५०

काठमाडौं

दुई महिना पहिला भएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरिने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही समस्या नदेखिए आज नतिजा सार्वजनिक गर्ने र त्यसका लागि १० बजे बोर्ड बैठक बोलाइएको जानकारी दिए । कुनै प्राविधिक समस्या नभए साँझ ५ बजेसम्ममा नतिजा प्रकाशन हुनेछ ।

Advertisement

बोर्डले कोरोना महामारीका कारण यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।

विद्यालयहरूले प्राप्ताङ्क पठाउने क्रममा गल्ती गरेपछि नतिजामा ढिलाइ हुँदै आएको थियो । अहिले प्राविधिक सबै कुरा मिलाएर नतिजाको तयारी भएको हो।

Advertisement

तपाईको प्रतिक्रिया