भूमि समस्या समाधान समिति कास्की अध्यक्षमा वैरागी

समाधान संवाददाता २०७७ माघ १९ गते २१:१४

पोखरा

भूमि सम्बन्धी समस्या समाधान आयोगको कास्की जिल्ला समिति अध्यक्षमा दामोदर वैरागी नियुक्त भएका छन् । मन्त्रिपरिषदको १५ माघको निर्णय अनुसार वैरागी अध्यक्ष नियुक्त भएका हुन् । समितिको विज्ञ सदस्यमा सुशीला पराजुली र सदस्यमा दानबहादुर बानिया नियुक्त भएका छन् । वैरागी नेकपा कास्कीका कार्यालय सदस्य हुन् ।

मन्त्रिपरिषदले अरु जिल्लाहरुमा पनि अध्यक्ष एवं सदस्यहरु नियुक्त गरेको छ । जिल्ला समितिले आयोगको केन्द्र र पालिकाहरुसँग समन्वयको काम गर्नेछ । अहिले आयोगले विभिन्न पालिकाहरुसँग सम्झौता गरेको छ । जिल्ला समितले लालपुर्जा वितरण लगायत काम गर्ने आयोगका प्रवक्ता भीम कार्कीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया