आलुको उन्नत जात खोजी

समाधान संवाददाता २०७७ माघ २१ गते १०:३६

समाधान संवाददाता, लेखनाथ

कास्कीको लेखनाथमा सहकारीले आलुको उन्नत जात विकास गर्ने भएको छ ।

आलु उत्पादन, बालीमा रोग कीराको प्रकोप जस्ता कुरालाई ध्यानमा राखेर लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अग्रसरतमा टिस्यु कल्चर र कार्डिनल प्रविधिबाट उत्पादन गरिएका आलुका जातको खेती गरिएको छ ।

Advertisement

गुणस्तरीय बिउ उत्पादनका लागि कृषि ज्ञान केन्द्र स्याङजा र कास्कीको ९० प्रतिशत अनुदान एवं सहकारी संस्थाको अग्रसरता र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना पोखराका संयोजक कृष्णप्रसाद तिवारीको संरक्षणमा बिउ उत्पादनका लागि ३० रोपनी क्षेत्रफलमा करिब ४ लाख खर्च गरेर आलु खेती गरिएको हो ।

वर्षौंदेखि एकै प्रकारको आलु लगाउँदा उत्पादन विस्तारै घट्ने भएकाले पहिलो पुस्ताको बिउ आलु उत्पादनका लागि पोखरा ३१ को गोरखनाथ मार्गको १० रोपनी, शिशुवा र तालचोकमा अभियान थालिएको हो । करिब ३० रोपनी जग्गामा ७ सय केजी आलु लगाईएको हो ।

Advertisement

यी ठाउँमा लगाइएका एमएस–४२ पहिलो पुस्ता, एम एस–४२ टिस्यु कल्चर र कार्डोनल जातका आलुको खेतीबाट २०÷२१ टन आलु फल्न सक्ने परियोजना प्रमुख तिवारीले अनुमान गरे ।

धेरै पुस्ता भएको बिउमा उत्पादन क्षमतादेखि रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकाले नयाँ जात विकास गर्न लागिएको हो ।

यो क्षेत्रबाट उत्पादन भएको बिउलाई उपचार विधि अपनाएर कोल्ड स्टोरमा राख्ने र किसानलाई उपलब्ध गराउने योजना रहेको परियोजना प्रमुख तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया