आश्रमलाई सहयोग

समाधान संवाददाता २०७७ माघ २१ गते १०:४०

पोखरा, २० माघ

पोखरा जेसिस २०२१ का अध्यक्ष इन्जिनियर किरण केसीले आफ्ना बुवा बलरामको पुण्यतिथिमा मानव सेवा आश्रम पोखरा १७ लाई सहयोग गरेका छन् ।

पोखरा जेसिसको आयोजना तथा बलराम स्मृति प्रतिष्ठानर केसी परिवारकोसहकार्यमा खाद्यान्न तथा अन्यसामग्री वितरण भएको हो ।

Advertisement

अध्यक्ष किरणले बुबाले गरेको सामाजिक कामले आफूलाई प्रेरणा दिएको बताए ।

कार्यक्रममा हिमालयन अर्गानाइजेसनका प्रबन्ध निर्देशक मिलन थापा, आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसी, पोखरा जेसिस २०१५ का अध्यक्ष सिनेटर छवि सुवेदी लगायतले बोलेका थिए ।

Advertisement

सोही अवसरमा प्रतिष्ठानका सचिव रोहितराज बास्तोलालेआश्रमका जिल्ला संयोजक राजन सापकोटालाई नगद ५ हजाररुपैयाँ हस्तान्तरण गरेका छन् ।

सापकोटाले आश्रमले खोजेकै सामान पाएकोमा खुसी लागेको बताए । उनले युवा नेतृत्व लिएर अगाडि बढेमा मात्र देशलाई नयाँ नेतृत्वमा लान सक्ने सुनाए ।

तपाईको प्रतिक्रिया