नव आदर्श समाजमा रेश्मा

समाधान संवाददाता २०७७ माघ २१ गते १०:४३

समाधान संवाददाता,पाेखरा

नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको १३ औ अधिवेशनले रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।

समाजको प्रथम उपाध्यक्षमा स्वागत मान सिंह भण्डारी र द्वितीय उपाध्यक्षमा दिनेश भण्डारी, कोषाध्यक्षमा खुसीमान गुरुङ, सह कोषाध्यक्षमा ध्रुव भण्डारी, सचिवमा थिरबहादुर थापा र सहसचिव तेजप्रसाद अधिकारी चुनिए ।

कार्यसमिति सदस्यमा अर्जुन भण्डारी, गीता भण्डारी, रेनुका आचार्य र विष्णुमाया बानिया छन् । समाजले स्वस्थ, खेलकुद, सामाजिक जागरण, सुरक्षा, वौद्धिक विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

संस्थासँग अहिले ३ एम्बुलेसन्स र १ शववहान पनि छ । समाजको पहलमा लामाचौरको गोस्तेमा फुटबल मैदान निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया