पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

समाधान संवाददाता २०७७ माघ २१ गते १०:४५

समाधान संवाददाता, पोखरा

नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरामा क्रियाशील ४२ पर्यटन व्यवसायीका लागि चिनिया भाषा कक्षा तालिम सोमबारदेखि सुरु गरेको छ ।

नेपाल आउने चिनियाँसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ १ महिने आधारभूत चिनिया भाषा कक्षा सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेश महासचिव कमला गिरीले जानकारी दिइन् ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनस्र्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल बनेको पर्यटनलाई पुनरोत्थान गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए ।

Advertisement

कार्यक्रममा नेपाल पोखरा ओभर्सिज चाइनिज एसोसिएसनका सचिव जिङ सासुआ, यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीप्रसाद रिजाल, नाट्टाका पूर्व अध्यक्ष परिषद्का सहसंयोजक पशुपति पाण्डे, नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारी, सचिव संगीता पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया