मदन आश्रित पार्कमा वृक्षारोण

समाधान संवाददाता, पोखरा
पोखरा १७ रातोपैह्रास्थित मदन आश्रिम स्मृतिपार्कमा सोमबार वृक्षारोपण गरिएको छ । त्यहाँ मानगोट्रीका १० विरुवा रोपिएको छ । वृक्षारोपणका लागि खाल्डा स्थानीयको सक्रियताम खनिएको थियो भने विरुवा नेपाल बन्जीले उपलब्ध गराएको थियो ।
मदन आश्रित टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले वडाको खानेपानी, शिक्षा, सडक स्वास्थ्य र विद्युतीकरणमा जोड दिइएको बताए । जनप्रतिनिधिको साढे ३ वर्षको अवधिमा ४६ किलोमिटर खानेपानीको पाइप विस्तार तथा ५१ मिलोमिटर सडक निर्माण भएको उनले बताए ।
महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले वडामा तीव्र रुपमा बढेको बस्तीसँगै स्रोत र साधनको अधिकतम उपयोग गरी विकास, निर्माण जरुरी भएको बताइन् ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पोखरा १७ अध्यक्ष सुभाष ढुंगानाले मदन–आश्रित स्मृति पार्कको विकाससँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पार्कमा आवश्यक पूर्वाधार निर्माणका लागि सवै क्षेत्र सहयोग आवश्यक रहने प्रतिवद्धता गरे ।
टोल विकास संस्थाका अध्यक्ष जाङमु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्णध्वज थकाली, सचिव मुना श्रेष्ठ र कोषाध्यक्ष तारादेवी सुवेदी लगायतले बोलेका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया