कास्कीमा बन्दको आशिंक प्रभाव (फोटो फिचर)

समाधान संवाददाता २०७७ माघ २२ गते ९:२९

समाधान संवाददाता, पोखरा

कास्कीमा नेकपा प्रचण्ड–माधव समूहले घोषणा गरेको आम हड्तालको आशिंक प्रभाव परेको छ ।

कास्कीमा केही गाडीहरु चले पनि विद्यालय, पसलहरु बन्द छन् । विद्यालयहरुले परीक्षा सारेका छन् ।

Advertisement

पोखराको महेन्द्रपुलमा प्रहरी र बन्दकर्ताबीच सामान्य विवाद भएको थियो । बन्दकर्ताले गुडिरहेको कारलाई लाठी हानेपछि प्रहरी र बन्दकर्ताबीच विवाद आएको थियो । पोखरामा बिहानैबाट बन्दकर्ताहरु सडकमा उत्रिएर बाटो रोकेका छन् ।


Advertisement

कास्की प्रहरी प्रवक्ता सुवास हमाल कास्कीमा अहिलेसम्म कोही पक्राउ नपरेको बताएका छन् ।

बन्दकर्ताहरुले एम्बुलेन्स, बिरामी बोकेका ट्याक्सी, दूध तथा अत्यावश्यक मालबाहक गाडी भने चल्न दिएका छन् ।

फोटोमा हेर्नुहोस्ः

तस्बिरः दिनानाथ बराल

तपाईको प्रतिक्रिया