पोखरामा हल्का वर्षा, भोलिसम्म मौसम नखुल्ने पूर्वानुमान

समाधान संवाददाता २०७७ माघ २३ गते ९:२७

पोखरा

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले शनिबारसम्म मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोही प्रणालीकै कारण पोखरा र आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ ।

यस्तै देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

Advertisement

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २३ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश-१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भाबना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश-१ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २४ गते (शनिबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश- १ का धेरै स्थानहरू तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राति: प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरू साथै गण्डकी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २५ गते (आइतबार)

दिउँसो : देशका पहाडी भूभागहरुका आंशिक वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: प्रदेश-१ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

तपाईको प्रतिक्रिया