उपल्लो मुस्ताङमा हिमपात

समाधान संवाददाता २०७७ माघ २३ गते २१:४१

एसके थकाली, जोमसोम

उपल्लो मुस्ताङका २ स्थानीय तहमा शुक्रबार आंशिक हिमपात भएको छ । शुक्रबार बिहान ४ बजेदेखि दिउँसो ३ बजेसम्म हिमपात भएको स्थानीयले बताएका छन् ।

उपल्लो मुस्ताङमा यो सिजनमा ३ पटक आंशिक हिमपात भएको छ । यसअघि मंसिर १ र पुस २१ गते पनि हिउँ परेको थियो ।

Advertisement

शुक्रबार मुक्तिक्षेत्रमा पनि आशिंक हिमपात भएको छ । उपल्लो मुस्ताङ र मुस्ताङका उच्च लेकमा आशिंक हिमपात भए पनि मध्यमुस्ताङ र तल्लो मुस्ताङका बेसीमा हिउँ परेन ।

५ का बासिन्दा आङ्गेल गुरुङले शुक्रबार बिहानैदेखि आशिंक हिमपात भएको जानकारी दिए । ‘उपल्लो मुस्ताङमा शुक्रबार हिमपात भए पनि यो सामान्य खालको छ । अपेक्षा गरे अनुसार हिउँ परेन ।’

Advertisement

लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ लिलिङका वडाध्यक्ष सम्तेन धावाले शुक्रबार सामान्य खालको हिमपात भएको उल्लेख गरे । हिउँ नपर्दा फुस्रा देखिएका डाँडाकाडा हिउँले सेताम्मे देखिएका छन् ।

स्याउको राजधानी मानिएको मुस्ताङका किसान हिउँको व्यग्र पर्खाइमा छन् । जलवायु परिवर्तनका कारण हिउ पर्ने सिजनमा समेत हिउँ पर्न नसकेपछि मुस्ताङका किसान निराश छन् । हिउँ प¥यो भने कृषकले लगाएका फलफूल तथा अन्नबाली सप्रने र हिउँकै कारण अन्नवालीमा लाग्ने विभिन्न प्रकोप नियन्त्रण हुन्छ ।

मुस्ताङको घरपझोङ ५ ठिनी र थासाङ गापा ३ लेतेका किसानले हिउँ नपरेपछि हिउँको पूजा गरेका थिए । उनीहरुले धार्मिक परम्परा अनुसार हिउँ परोस् भनी कामना गर्दै पूजाआजा गरेको लेते कालोपानीका बासिन्दा नरसिंहश शेरचनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया