वर्षियो बादल पानी बनेर

समाधान संवाददाता २०७७ माघ २५ गते ११:१९

मदन भण्डारी

हामी सधैं शब्दसँग खेल्दै प्रतिगमन झेल्दछौं । सिद्धान्ततः सामन्तवादभन्दा पूँजीवाद अग्रगामी हो । ०७ साले क्रान्तिले सामन्तवादलाई परास्त ग¥यो । जनताले राणालाई धपाए । ०१५ सालको आमनिर्वाचनमा बीपीको नेतृत्वमा नेपाली काङ्ग्रेसको स्पष्ट बहुमतको सरकार बन्यो । काङ्ग्रेसीहरु भन्छन् ‘सरकारले राम्रैराम्रो गर्दैथ्यो सामन्ती राजाले कू गरे !’

इतिहासको ऐनामा काङ्ग्रेसीहरुले आफ्नो अनुहारको कालो हेर्नुपर्छ, ऐनाामात्रै पुछेर हुँदैन । ०४६ सालको सुरुमै पोखराका एकजना उदीयमान युवा नेताले ऐनामा अनुहार हेर्न खोजे । कांग्रेसी पृष्ठभूमिबाट उपप्रधानपञ्चको चुनाव जितेका उनले राजा महेन्द्रको कदमलाई सही ठह¥याए ।

Advertisement

०४६ सालको आन्दोलनपछि पार्टीमा उनी पाखा परे । पोखराकै बादललाई कांग्रेसीहरुले कुटीकुटी मारे । आन्तरिक चुनाव जित्ने देखिँदा बादलसँगै मारेर फालिएका त्यतिखेरका २२/२३ वर्षे प्रखर युवा नारायणहरि मुस्किलले बाँचेछन् । आज इतिहासको ऐनामा काङ्ग्रेसलाई हेर्दैछन् ।

महाकवि देवकोटाले कांग्रेसी राजलाई ‘… नाँच !’ भने । ‘प्रजातन्त्रको ढ्वाङ् रित्तो करायो !’ उनले लेखे ।‘नलडी कोही हुन्न विजेता’ भन्दै युवाहरुलाई प्रोत्साहित गरे । त्यतिखेरका दाताराम शर्मा, वासुदेव लुुइँटेल, भैरव अर्याल आदिका रचनामा काङ्ग्रेसी राजको दिग्दर्शन पाइन्छ । ‘तेरो घरमा काङ्ग्रेस पसोस् !’जनता यसरी आत्तिएका थिए । सँसदमा ०४ सीट जित्ने कम्युनिष्ट ; काङ्ग्रेसीहरु ठ्याक्कै आजका कम्युनिष्ट जस्तै मात्तिएका थिए ।

Advertisement

०३३ अघिका बीपी राजालाई बम हान्थे, ०३३ पछिका बीपीमात्रै राजासँग घाँटी जोड्न पुुगेका हुन् । उनले विदेशीले नेपालको शान्ति भाँड्ने देखरै ०३७ सालको जनमत सङ्ग्रहको परिणामलाई स्वीकार गरेका थिए । राजासितको मेल खोजेका थिए । आजका प्रधानमन्त्री केपी ओलीलाई पनि राजावादीको बिल्ला भिराइँदैछ ।

गणतन्त्रका हत्यारा भनिँदैछ । केपी ओलीले राजा महेन्द्रले जस्तै कू गरे अरे । प्रचण्ड भन्छन्, ‘केपी ओली भँडुवा हुन्, नौटङ्की गर्दैछन् !’ निरस हृदयका जनतामा केपी ओली हास्यरस भर्छन्, ‘हो, यो नौटङ्की नै….हो !’ विश्लेषकहरु भन्छन्, ‘ब्यँग्य कलाकारहरु प्रधानमन्त्री भन्दा पछाडि परे !’

भन्नैपर्छ– यस्तै व्यवस्था ल्याउन १७ हजार मान्छेको बलिदानी पटक्कै आवश्यक थिएन । त्यो अपार धनराशी र राष्ट्रिय धरोहरहरुको ध्वँस आवश्यक थिएन । महिला बिचल्ली देखाउँदै देवी खड्का भन्छिन्, ‘दोस्रो पुस्ताका नेताले हामीलाई झनै बर्बाद पारे ।’

गोर्खाका लोकनारायण श्रेष्ठले छिमेकी हरिनारायणकी श्रीमती भगाएछ । बीसौँ बर्षको बिदेसको कमाई र श्रीमती गुमाएर हरिनारायण रुँदै हिँडेका छन् । गोर्खाकै नारायणले देगु लामाकी श्रीमतीलाई हात लिएछ । राजदूत सम्मको जागिर खाएका देगु लामाले करुण मृत्यु मर्नु प-यो । झापाकी टीका पौडेललाई आफ्नै श्रीमान चुडामणि भण्डारीले खुकुरीले छप्काए ।

टीकाजी प्रकाश दाहालसँग सल्किँदा चुडामणि भण्डारीको सर्वश्व हरण भएको थियो । लोके, नारायण, प्रकाश पार्टीकै बलले नायक बनेका खलनायक हुन् ।

निर्क्याैल निकाल्न सकिन्छ, यो समूहलाई चुनाव चाहिँदैन । प्रचण्ड कमरेड, अब फेरि गृहयुद्धकै घोषणा गर्नोस्; ३४ हजार नेपाली मारिँदा प्रचण्डपथले सार्थकता पाउला । नेताका रखैल र भाडाका टट्टूहरुले अझै तपाइँकै नेतृत्वमा बन्दुक बोक्लान् ।

यस्तै घूनकीराले अग्रगमनको पक्षधरता देखाउँदा समाज झनै बिल्लीबाठमा पर्दैछ । शिशुपालको सय पाप कृष्णले माफ गरिदिएका थिए । अब जनताआ–आफै शिशुपालको वधमा उठदैछन् । पापीको पाप धूरीबाट कराउँदैछ ।

सेढाइँ भन्छन् ‘घर–घरमा केपीको पूजा हुन्छ !’ सिलवाल भन्छन्,‘केपीको २२ फिटको सालिक बनाउँछु !’

भरत दाहाल ठोकुवा गर्छन्– प्रचण्डलाई ५० टुक्रा पारेर मारे पनि पाप लाग्दैन । राष्ट्रिय राजनीतिको यस्तै परिवेशमा प्रचण्ड–माधव समूहले माघ २२ का दिन नेपालबन्दको हल्ला फैल्याए । धनीमानीलाई काइदा भयो । परिवारलाई समय दिन पाए । भोज खाए, मोज गरे । आधारभूत जनतालाई साह्रै कष्ट भयो । यो नेताको हृदयहीनताको पराकाष्ठा हो ।

निक्र्याैल निकाल्न सकिन्छ, यो समूहलाई चुनाव चाहिँदैन । प्रचण्ड कमरेड, अब फेरि गृहयुद्धकै घोषणा गर्नोस्; ३४ हजार नेपाली मारिँदा प्रचण्डपथले सार्थकता पाउला । नेताका रखैल र भाडाका टट्टूहरुले अझै तपाइँकै नेतृत्वमा बन्दुक बोक्लान् ।

गृहमन्त्री रामबहादुर थापा बादलले पिङ्पङ् डिप्लोमेसीको प्रसंग उठाउनुु र नेपाल–भारत सम्बन्धमा सुधार आउनुु सुखद संयोग बनेको छ । पिङ्पङ् डिप्लोमेसीको मर्मलाई सैन्य डिप्लामेसी मार्फत् नेपाल–भारतले आत्मसात गरेको आभास पाइन्छ । सबै कूटनीति राष्ट्रिय स्वार्थमा आधारित हुन्छ ।

यो बन्दको औचित्य चाहिँ पुुष्टी हुन सक्दैन । केपी ओलीको माघ २३ को सभा बिथोल्न मात्रै २२ मा बन्द गरेर जनतालाई यति अचाक्ली दुःख दिइनुु अतिमाथिको अत्याचारै हो । बन्द खोल्ने गृहमन्त्रीको पहलले उनको नेताकद बढेको छ । पुस २८ गते खेलकूदको समारोहमा उनले पिङ्पङ् डिप्लोमेसीका सन्दर्भ उक्काएका थिए ।

अमेरिका र चीनको सम्बन्ध सुधार गर्ने आधार स्तम्भलाई पिङ्पङ् डिप्लोमेसी भनिन्छ । सन् १९७१ अप्रीलमा अमेरिकी पिङ्पङ् टोली चीन गयो । यहीँदेखि दुईदेशले आपसी कटुता घटाउँदै लगे । अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जर र चिनिया प्रधानमन्त्री चाउएनलाइले पिङ्पङ् कूटनीतिलाई सार्थकता प्रदान गरे ।

अमेरिकी राष्ट्रपति निक्सनले चीनको भ्रमण गरे । सम्बन्ध सुधारबाट दुवै देशले लाभ उठाए । १) ब्यापार विस्तार २) जापानको बढ्दो शक्तिको नियन्त्रण ३) एशियामा सोभियत प्रभावको समाप्ति ४) दक्षिणपूर्वमा शान्ति स्थापना ५) सँयुक्त राष्ट्र सँघमा चीनको प्रवेश र ६) विश्व शान्तिका योगदान आदि पिङ्पङ् कूटनीतिका उपलब्धि मानिन्छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले पिङ्पङ् डिप्लोमेसीको प्रसंग उठाउनुु र नेपाल–भारत सम्बन्धमा सुधार आउनुु सुखद संयोग बनेको छ । पिङ्पङ् डिप्लोमेसीको मर्मलाई सैन्य डिप्लामेसी मार्फत् नेपाल–भारतले आत्मसात गरेको आभास पाइन्छ । सबै कूटनीति राष्ट्रिय स्वार्थमा आधारित हुन्छ ।

अपशोच, ०४६ साल पछिको हाम्रो देशको कूटनीति नेताका स्वार्थमा आधारित रहे । नेताले भारतीय सैनिक भित्र्याएर राजा हटाउन खोजे । माधव नेपालले अरुण तेस्रो रोके । जनयुद्धको अन्तर्य १२ बर्षपछि खुल्दैछ । अनेक प्रामाणिक पुस्तकहरु आएका छन् ।

सुरुङ् युद्धका रोचक कथा पढ्न पाइँदैछ । राजावादी भन्छन्, ‘रोल्पाको सुरुङ्मा छिरेका प्रचण्ड दिल्लीकी सोनिया गान्धीको चर्पीको प्वाँलमा प्रकट भए ।’ रवि लामिछाने भन्छन्, ‘नेताले सुखैसुख र जनताले दुखैदुख पाइने युद्धलाई जनयुद्ध भनियो, सिङ्गै मुलुक एकीकरण गर्ने अभियानलाई चाहिँ त्यति पनि महत्व दिइँदै छैन ।’

आज प्रचण्ड कमरेडले फेरि ०६७ बैशाख १८ कै आन्दोलन माघ २८ गते गर्ने उद्घोष गर्नुभयो । भनिन्छ, इतिहासबाट नसिक्नेलाई इतिहासले दण्डित गर्छ । केपी ओलीले जनयुद्धलाई कहिल्यै स्वीकारेनन्, अहिले माधव नेपाल जनयुद्ध दिवस मनाउन कस्सिएका छन् । छेपारोले रङ् फेरिरहन्छ ।

आकासमा कालो बादल मडारिनु सामान्यतः नरमाइलो मानिन्छ । बर्खा याममा त्यही बादलले कृषकको मन रमाउँछ । प्रचण्ड कमरेडले बैद्य, बाबुराम, विप्लव गुमाउनु भयो । खासै नोक्सानी देखिएन, पटक–पटक प्रधानमन्त्री भइनै रहनुभयो ।

बादलसितको वियोग पछि प्रचण्ड कमरेडको प्रधानमन्त्री बन्ने सम्भावना क्षीण बनेको छ । आफै पनि हातको बत्ती निभाएरै प्रचण्ड–माधव आगो खोज्न निस्केका छन् । माघ २३ को गृहमन्त्रीको गर्जन सुन्दा लाग्छ, बादल प्रचण्डरुपी आगोमा पानी बनेर खनिँदैछ ।

तपाईको प्रतिक्रिया