मध्यावधि चुनाव कांग्रेसलाई अवसर

समाधान संवाददाता २०७७ माघ २५ गते १६:२५

शिव केसी

लोकतन्त्रको मूल आधार भनेकै निर्धारित समयमा चुनाव हो । वर्तमान ओली सरकारलाई आन्तरिक तथा बाह्य कारणबाट दुई तिहाइको सरकार भए पनि संसद् विघटन गरी चुनावको मिति घोषणा गर्न बाध्य पारियो ।

यस उचित मध्यावधि चुनावको अवसरको सदुपयोग नेपाली कांग्रेसले गर्दै संविधान र देशको रक्षा गरी सरकार चलाउने अवसरलाई गुमाउँदै गइराखेको अवस्था छ ।

Advertisement

अब ओलीले चुनाव गराउँदा विगतको तथ्याङ्कअनुसार कांग्रेसले बहुमत पाउने निश्चित छ । यसरी बहुमत पाउने चुनावबाट कांग्रेस भाग्दै छ । किनभने नेपाली काँग्रेस पार्टीबाट चुनाव निश्चित रूपमा जित्न सक्ने नेताहरु चुनावको पक्षमा छन् भने चुनाव निश्चित रूपमा जित्न नसक्ने नेताहरु चुनावको विपक्षमा छन् ।

पार्टीलाई संगठित गर्दै चुनावको सदुपयोग गरी नेपाली कांग्रेसले सरकार गठन गर्ने सम्भावना छ । किनभने जनताले सरकारको पार्टी भन्दा विपक्षी पार्टीमा मतदान दिने गर्दछन् ।

Advertisement

उदाहरणका लागि नेपाली काँग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चुनाव गराउँदा माओवादी प्रचण्डको पार्टीले बहुमत ल्यायो । नेपाली काँग्रेसका सभापति तथा प्रम शेरबहादुर देउवाले चुनाव गराउँदा नेपाल कम्युनिस्ट पार्टीको बहुमत आयो ।

अब ओलीले चुनाव गराउँदा विगतको तथ्याङ्कअनुसार कांग्रेसले बहुमत पाउने निश्चित छ । यसरी बहुमत पाउने चुनावबाट कांग्रेस भाग्दै छ । किनभने नेपाली काँग्रेस पार्टीबाट चुनाव निश्चित रूपमा जित्न सक्ने नेताहरु चुनावको पक्षमा छन् भने चुनाव निश्चित रूपमा जित्न नसक्ने नेताहरु चुनावको विपक्षमा छन् ।

यसरी आफ्नो व्यक्तिगत समस्यालाई पार्टीको समस्या देखाउँदै चुनाव घोषणाको विरुद्धमा आन्दोलन गरिरहेका छन् । यसको परिणाम फेरि बाम शक्ति एक भए भने कांग्रेसले बहुमत ल्याउन सक्दैन ।

यही बेला ठूलो कम्युनिस्ट पार्टीमा आन्तरिक कलह रहेको अवस्थामा चुनाव भएमा मात्र कांग्रेसले बहुमत ल्याउन सक्छ । जुन कुरा विगतको तथ्यांकको आधारमा बताउन सकिन्छ । त्यसैले यस अवसरको सदुपयोग नेपाली कांग्रेसले गरेमा देश, जनता र स्वयं कांग्रेस पार्टीका नेताहरुको हितमा हुनेछ ।

नेपाली कांग्रेस पार्टीको आन्तरिक लोकतन्त्र हेर्दा सभापति देउवाले आगामी महाधिवेशन लक्षित गरेर कार्यकाल सकिने समयमा गरेको विभाग गठन तथा भ्रातृ तथा शुभेच्छुक संस्थाहरु नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, प्राध्यापक संघ, किसान संघ आदि सबै तदर्थ वादमा चलेका छन् ।

यस पंक्तिकार संलग्न प्रजातन्त्रवादी प्राध्यापक संघको विधानमा उल्लेख भएको ३ वर्षको कार्यकाल पूरा गरेर पनि अधिवेशन नभएको पनि ३० महिनाभन्दा बढी भइसकेको छ । त्यसैले प्रजातन्त्रमा विश्वास राख्ने अवस्था पंक्तिकारको मताधिकार खोसिएको अवस्था छ ।

नेपालको सार्वभौमिक अस्तित्व नै खतरामा पर्ने निश्चित थियो । त्यसैले संविधानमा के लेख्ने भन्दा पनि जे जस्तो भए पनि संविधान ल्याउने विषयले प्राथमिकता पाएको थियो । जसरी एउटा आमाले शद्धे सन्तानभन्दा पनि सन्तान पाउनु आमाको लागि खुसीको विषय हुन सक्छ । त्यही अवस्थामा प्रम सुशील कोइरालाले यो संविधान जारी गरेका थिए ।

प्रजातन्त्रवादी प्राध्यापकहरुका मठाधीसहरू चुनाव घोषणा गरेको ओली सरकारको विरोध गर्दै छन् किनभने विधानतः आफू पनि चुनाव नगराउने र चुनाव घोषणा गरेको ओली सरकारको कार्यलाई पनि विरोध गरेको उदाहरण यो भन्दा के हुन्छ ?

यो संविधानमा धेरैले त्यस्ता दोहोरो अर्थ लाग्ने व्यवस्था छन् किनभने तत्कालीन अवस्थामा जे जस्तो भए पनि संविधान जारी गर्नु नै महत्त्वपूर्ण थियो । त्यसैले अहिले वास्तविक व्यवहारमा आउँदा समस्या उत्पन्न गर्दै छन् । पहिलो संविधान सभा भंग भएको र दोस्रो संविधान सभाले पनि संविधान ल्याउन नसकेमा नेपाल एक असफल राष्ट्रमा गनिने थियो ।

नेपालको सार्वभौमिक अस्तित्व नै खतरामा पर्ने निश्चित थियो । त्यसैले संविधानमा के लेख्ने भन्दा पनि जे जस्तो भए पनि संविधान ल्याउने विषयले प्राथमिकता पाएको थियो । जसरी एउटा आमाले शद्धे सन्तानभन्दा पनि सन्तान पाउनु आमाको लागि खुसीको विषय हुन सक्छ । त्यही अवस्थामा प्रम सुशील कोइरालाले यो संविधान जारी गरेका थिए ।

व्यवहारमा धार्मिक स्वतन्त्रता छ । तर संविधानमा धर्म निरपेक्षता लेखिएको छ । त्यस्तै संवैधानिक व्यवस्थामा बहुमत प्राप्त सरकारले संसद् भंग गर्न सक्ने कुरा अन्तर्राष्ट्रिय अभ्यास तथा नेपालकै विगतको नजिर हुँदाहुँदै पनि अहिलेको संविधानले संसद् भंग गर्न पाउने छ वा छैन भन्ने प्रष्ट व्यवस्था नगरी दोहोरो अर्थ लाग्ने व्यवस्था गरेको रहेछ ।

संवैधानिक व्यवस्थाको मूल मर्म भनेकै संसद् भंग गर्न पाउनु पर्छ भन्ने हो । ५वर्ष त संसद्को अन्तिम अवधि हो । त्यो भन्दा अगाडि मध्यावधि चुनाव हुन पनि सक्छ । पाँच वर्षभन्दा पछाडि चुनाव भए पो विरोध गर्नु ? यसरी नै संविधानमा देखिएका व्यावहारिक र त्रुटिका बुँदाहरु संशोधन गर्दै संविधानलाई सही बाटोमा कार्यान्वयन गर्न सक्नु नै अहिलेको राष्ट्रिय पार्टीहरूको मूल दायित्व हुने गर्छ ।

नेपाली कांग्रेस पार्टीलाई नै जोखिममा राखेर भए पनि शेरबहादुर देउवाले पनि प्रचण्डलाई लोकतान्त्रिक अभ्यासमा ल्याएका थिए जसको परिणाम उदाहरण प्रचण्डपुत्री भरतपुर चितवनमा मेयर बनिन् । ओलीले पनि प्रचण्डलाई लोकतान्त्रिक अभ्यासमा ल्याउन निकै मेहेनत गरेको उनको व्यवहार र भाषणबाट पनि जानाकरी पाउन सकिन्छ ।

माओवादी पार्टीलाई मूल धारमा ल्याउन तत्कालीन नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बुलेटबाट व्यालेटमा ल्याएको योगदानलाई कसैले पनि भुल्नुहुँदैन ।

माओवादी प्रचण्ड व्यालेटभन्दा बुलेटमा विश्वास गर्छन् । त्यसैले पनि घोषणा गरिएको चुनावको विरोध गर्दै विना चुनाव नै फेरि सत्तामा पुग्ने कोसिस गरेका छन् ।

जसलाई उनको राजनीतिक धर्म वा सिद्धान्त हो भन्न सकिन्छ । तर मतदानमा विश्वास गर्ने नेपाली कांग्रेस जस्तो पार्टी पनि प्रचण्डको एजेन्डा पछिपछि लागेको केही अबुझ कांग्रेसजन देख्दा यस पंक्तिकारलाई यो लेख लेख्न बाध्य पारेको हो जस्तो लागेको छ ।

नेपाली कांग्रेस पार्टीलाई नै जोखिममा राखेर भए पनि शेरबहादुर देउवाले पनि प्रचण्डलाई लोकतान्त्रिक अभ्यासमा ल्याएका थिए जसको परिणाम उदाहरण प्रचण्डपुत्री भरतपुर चितवनमा मेयर बनिन् । ओलीले पनि प्रचण्डलाई लोकतान्त्रिक अभ्यासमा ल्याउन निकै मेहेनत गरेको उनको व्यवहार र भाषणबाट पनि जानाकरी पाउन सकिन्छ ।

अन्ततः केही सिप नलागेपछि उनी संसद् विघटन गरी जनता माझ आउनु लोकतन्त्रको एउटा सुन्दर पक्ष नै हो । त्यसैले लोकतन्त्रवादीहरुले यो चुनावी अवसरको सदुपयोग गर्नुपर्छ ।

हिजोको अवस्थामा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई आफ्नो एजेन्डा बुलेटबाट ब्यालेटम ल्याउन सफल भएका थिए भने आजको काँग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डको एजेण्डामा पछि लागेको हो कि भन्ने चुनाव घोषणाको विरोध गर्दा व्यवहारमा देखिएको छ । तर नेपाली कांग्रेस जस्तो लोकतन्त्रवादी पार्टीले जनतामा जान डराउनु हुँदैन भन्ने यो पङ्क्तिकारलाई लागेको छ ।

त्यसैले कांग्रेस जस्तो लोकतन्त्रमा विश्वास गर्ने पार्टीले संसद् विघटन सम्बन्धी अदालतमा विचाराधीन विषयमा फैसला नहुँदै अदालतको अपमान हुने गरी विरोध गर्नुलाई अलोकतान्त्रिक गतिविधिको रूपमा पार्टीलाई प्रस्तुत गर्नु आफैमा एउटा विरोधाभासपूर्ण व्यवहार हो भन्ने यस पंक्तिकारलाई लागेको छ ।

त्यसैले समयमा नै सोचेर देश र जनताको हितका लागि चुनावको लागि आवश्यक महत्त्वपूर्ण एजेन्डाको साथ आफ्नो पुरानो विरासत कायम राख्न सक्नु नै नेपाली कांग्रेसको हितमा हुनेछ । बेलैमा सबैलाई चेतना भया ।

तपाईको प्रतिक्रिया