जडिबुटी मार्फत हुने उपचार सकारात्मक

समाधान संवाददाता २०७७ माघ ३० गते ९:१७

समाधान संवाददाता, पोखरा

दैविक शक्ति खोज तथा उपचार केन्द्र नेपालले स्थापना दिवसमनाएको छ । कार्यक्रममा डा अनुपम क्षत्रीले मानिसलाई आत्मिक उपचारमार्फत् दैविक शक्ति खोज तथा उपचार केन्द्रले उल्लेखनीय भूमिका खेलेको दाबी गरे ।

जडिबुटीमार्फत् हुने उपचार सकारात्मक हुने उल्लेख गर्दै उनले भगवानलाई सबैले मान्ने गरेको तथ्य प्रस्तुत गरे । क्षेत्रीले केन्द्रलाई राज्यका निकायले आवश्यक संरक्षण गर्न सक्नु पर्नेमा जोड दिए ।

Advertisement

संस्थाका अध्यक्ष तमबहादुर थापा(सफल),सचिव सुर्य गौतम, प्रकास भण्डारीलेउपचार केन्द्रको भूमिका राज्यमा स्थापित गर्न चाहेको बताए ।

सभामा चन्द्रकला गैरे, तुल्सीदेवी ढकाल, सुर्य गौतम, रेशम ढकाल, शारदा कार्की, सागर अधिकारी, खेमलाल अधिकारी, लालकुमारी सन्यासी, रञ्जना श्रेष्ठ, तेजप्रसाद अधिकारी लगायतलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया