पोखरा म्याराथनमा १६० धावक दौडने

समाधान संवाददाता २०७७ माघ ३० गते ९:२०

समाधान संवाददाता, पोखरा

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १५ औं संस्करणअन्तर्गत ४२ किलोमिटरमा झन्डै १ सय ६० धावक दौडने भएका छन् । शनिबार बिहान ७ बजे पोखरा रंगशालाबाट सुरु हुने ४२.१९५ किलोमिटर म्याराथनमा सहभागी हुन १ सय ५६ जनाले नाम दर्ता गराएका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने यो पटकको संस्करणमा महिलाहरुका लागि पहिलोपटक २१ किलो मिटरको हाफ म्याराथन हुँदैछ । त्यसमा बिहीबारसम्म २१ जना सहभागी हुने पक्का भएको छ ।

Advertisement

४२ किलोमिटर र २१ किलोमिटरको दौड शनिबार हुने भए पनि बाँकी ४ विधा फागुन तेस्रो हप्ता, चैत र वैशाखमा हुने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

पोखरा म्याराथन अन्तर्गतदृष्टिविहीनको महिला पुरुष दौडर शारिरिक अपांगको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला र पुरुष दौड चैत १४ गते, ५ किलोमिटर छात्र र छात्रा दौड वैशाख ४ गते हुने आयोजकले जनाएको छ ।

Advertisement

मञ्चका महासचिव खेमबहादुर गुरुङका अनुसार प्रतियोगिता अन्तर्गत ४२.१९५ किमी म्याराथन तर्फ प्रथम, द्वितिय, तृतीय र सान्त्वनाहुने धावकले क्रमशः २ लाख, १ लाख, ७५ र २५ हजाररुपैयाँ नगद प्राप्त गर्नेछन् ।

महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमशः १ लाख, ७५ हजार, ५० र १५ हजार रुपैयाँ नगद प्राप्त गर्ने महासचिव गुरुङले जानकारी दिए ।

ह्विल चियर महिलारपुरुष तथा दृष्टिविहिन महिला र पुरुष दौडतर्फ प्रथम, द्वितिय, र तृतिय स्थान हासिल गर्ने खेलाडीले क्रमशः नगद ७, ५ र ३ हजाररुपैयाँ नगद पाउने आयोजकले जनाएको छ ।

१० किलोमिटर महिलार पुरुषतर्फ विजेता खेलाडीले क्रमशःनगद १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्र तथा छात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सफल दुधको मुख्य प्रायोजनमा हुने पोखरा म्याराथनको लागि करिब ५१ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

पोखरा म्याराथनलाई युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके सहयोग गरेका छन् । नेपाल पर्यटन वोर्डले म्याराथनको प्रवद्र्धन गरेको छ ।

तपाईको प्रतिक्रिया