सोनाम ल्होसार मनाइयो

पोखरा, २ फागुन
तामाङ समुदायको महान पर्व सोनाम ल्होसार पोखरामा शुभकामना आदानप्रदान गरी मनाइएको छ । बैदाम तामाङ सेवा समाज पोखराले आफ्नै गुम्बा परिसरमा शुक्रबार शुभकामना आदानप्रदानसहित सोनाम ल्होसार मनाएको अध्यक्ष ज्याक तामाङले बताए ।
नेपाल तामाङ घेदुङ गण्डकीका निवर्तमान अध्यक्ष दीपक बाइवाले तामाङ समुदायका कला, संस्कृति संरक्षणमा अनुज पुस्ता लाग्नुपर्नेमा जोड दिए । समाजले वडा प्रहरी कार्यालय बैदाममा हालै सरुवा भई आएकी डिएसपी चिनीमाया तामाङलाई स्वागत गरेको छ । उनलाई कार्यकाल सफलताको कामनासहित उदाहरणीय कार्य गर्ने सफलताको शुभकामना समाजका अध्यक्ष ज्याक तामाङले व्यक्त गरे ।
डिएसपी तामाङले महिलाको हकहितका लागि विशेष ध्यान दिने बताउँदै समग्र पोखराको शान्ति, सुरक्षा कायम गर्न अहोरात्र खटिने प्रतिवाद्धता गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की कोषाध्यक्ष सञ्जय मल्ल, ब्यटीसियन चिनु गुरुङ, नेपाल तामाङ घेदुङ जिल्ला महिला अध्यक्ष पवित्रा तामाङ, समाजका उपाध्यक्ष जयन्ती मोक्तान, सचिव कविता योञ्जन लगायतले सोनाम ल्होसारबारे बोलेका थिए । सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएको थियो ।








एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया