फेवातालको माटो झिक्न बनाइयो समिति

समाधान संवाददाता
गण्डकी प्रदेश सरकारले फेवातालमा थुप्रिएको माटो, ढुंगा, माटो, गिट्टी, बालुवा लगायत फोहोरमैला व्यवस्थापन गर्न समिति बनाएको छ।
पर्यटनमन्त्री विकास लम्सालको अध्यक्षतामा आइतबार बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
गेग्रानले पुरिँदै गएको ताल देखेपछि पोखरा बृहत सरसफाइ अभियानले शनिबार डोजर नै चलाएर तालको माटो झिक्यो । नागरिक समाजले तालको माटो, ढुंगा, गिट्टी झिकेको भोलिपल्टै गण्डकी प्रदेश सरकारले त्यही कामका लागि समिति नै बनाएको हो ।

समितिमा ताल प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा. अनुप गुरुङ, पोखरा महानगरपालिका सहरी योजना आयोगका सदस्य सरोज कोइराला, डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बराल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख इन्जिनियर किरण आचार्य, बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी प्रमुख रामसिंह थापा, जलाधार व्यवस्थापन कार्यालय तनहुँ प्रमुख कृष्णप्रसाद घिमिरे लगायत सदस्य छन् ।
समिति संयोजक श्रेष्ठले फेवातालको पानी घटाइएकाले तालमा जम्मा भएको माटो, ढुंगा लगायत गेग्रान झिक्ने यो राम्रो अवसर भएको बताए ।
‘अहिले बाँध मर्मतका लागि पानी घटाइएको बेलामा माटो झिकौं, ताल पुरिनबाट जोगाऔं भनेर लागेका हौं,’ उनले भने, ‘हिजो अभियन्ता साथीहरुले माटो झिकेपछि त्यसलाई प्रेरणाको रुपमा लिएका छौं ।’ अहिले पनि फेवातालको माटो झिक्न नसके फेवाताल पुरिने खतरा बढेको संयोजक श्रेष्ठले सुनाए ।
तालका विभिन्न क्षेत्रमा थुप्रिएका गेग्रान निकाल्न बैठकले विभिन्न कार्यालयलाई कार्यक्षेत्र नै तोकेको छ ।
ड्यामसाइडस्थित बाँधदेखि फिर्केखोलासम्म पर्न ताल क्षेत्रमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की, फिर्केखोलादेखि कोमागाने पार्कसम्म पोखरा महानगरपालिका र ताल संरक्षण तथा विकास प्राधिकरण, बाराहीघाटदेखि खहरे क्षेत्रको अन्तिम विन्दु (गैराको चौतारा) सम्म ताल संरक्षण तथा विकास प्राधिकरण पोखरा र भू तथा जलाधार व्यवस्थापन कार्यालयले काम गर्ने जिम्मा तोकिएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया