बेपत्ता आयोगमा ३ हजार उजुरी, गण्डकीका २५२

समाधान संवाददाता २०७७ फागुन ५ गते १२:५९

समाधान संवाददाता, पोखरा

सशस्त्र द्वन्द्वको अवधिमा ३ हजार २ सय २३ व्यक्ति बेपत्ता भएको उजुरी परेको छ ।

सशस्त्र विद्रोह सुरुवात भएको २०५२ फागुन १ देखि विस्तृत शान्ति सम्झौता भएको २०६३ मंसिर ५ गतेसम्मको अवधिमा बेपत्ता हुनेबारे यो उजुरी परेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरेले जानकारी दिए ।

Advertisement

आयोगले तेस्रो चरणसम्म उजुरी संकलन गरेको जानकारी दिँदै उनले २ हजार ५ सय १० उजुरी विस्तृत छानबिन गर्ने निर्णय गरेको छ ।

आयोगमा परेका ५ सय १५ उजुरी कार्यक्षेत्र भन्दा बाहिरका परेकाले सत्य निरुपण तथा मेल मिलाप आयोगमा सिफारिस गरेको सचिव घिमिरेले जानकारी दिए । ३ सय ५ उजुरी तामेलीमा राखिएको छ ।

Advertisement

२ हजार २ सय ७६ उजुरीको प्रथम चरणको छानबिन गरी प्रतिवेदन पेस भएको जानकारी दिँदै उनले २ हजार २ सय ५ उजुरीको अनुसन्धान गर्न टोली खटाएको उल्लेख गरे ।

सचिव घिमिरेले कास्कीका ४१ जना बेपत्ता भएको उजुरी परेकोमा २६ मुद्दामा अनुसन्धान अधिकारी तोकिएको बताए । गण्डकी प्रदेशमा २ सय ५२ बेपत्ता भएको उजुरी परेको छ ।

तपाईको प्रतिक्रिया