जीवनसागरले ल्याए ‘असुरक्षित गुलाब’

समाधान संवाददाता, पोखरा
साहित्यकार जीवन सागर भण्डारीको मुक्तक कृति ‘असुरक्षित गुलाब’ मंगलबार लोकार्पण भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा मंगलबार कृति साहित्यकार सरुभक्तले लोकार्पण गरेका हुन् ।
साहित्यकार सरुभक्तले जीवन र साहित्यलाई अब छुट्टाछुट्टै लिन नसकिने बताए । मुक्तक संग्रहमा प्रस्तुत मुक्तकले उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने विश्वास पनि उनले व्यक्त गरे ।
कार्यक्रममा लेखक भण्डारीको परिचय प्रस्तुत गर्दै परिवारका पूर्व अध्यक्ष साहित्यकार ईश्वरमणि अधिकारीले भण्डारीका साहित्यिक लगायत उनका व्यक्तित्वका विविध आयामहरुको चर्चा गरेका थिए ।
कार्यक्रममा कृतिको समालोचना प्रस्तुत गर्दै समालोचक सञ्जीव पौडेलले नेपाली साहित्यमा भण्डारीका मुक्तक उल्लेखनीय हुने बताए । उनले मुक्तक मार्फत भण्डारीले राजनीतिक र सामाजिक विकृतिमा व्यंग्य प्रहार गरेको उल्लेख गरे ।
‘संग्रहको ठूलो आवाज देशभक्ति छ,’ उनले भने । मुक्तकमा नेपाल र नेपालीको भविष्यका विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको पौडेलले उल्लेख गरे ।
कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, कवि रमेश श्रेष्ठ, गजलकार प्रकट पगेनी ‘शिव’, गजलकार दीपक समीप, स्रष्टा जीवनसागर भण्डारी, पोखरा ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए ।
परिवारका पूर्वअध्यक्ष समेत रहेका मुक्तककार भण्डारीका १ सय सात मुक्तक सो संग्रहमा समावेश छन् । पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको २७ औं कृति असुरक्षित गुलाबमा १२० पृष्ठ छन् ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिवारका सचिव डा चैतन्य अधिकारीले र स्वागत साहित्य संयोजक रीता अधिकारी ‘रितु’ले गरेका थिए ।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया