२ महिनापछि खुले मुस्ताङका स्कुल

समाधान संवाददाता २०७७ फागुन १० गते ९:४०

एसके थकाली, जोमसोम

हिमाली जिल्ला मुस्ताङमा सञ्चालित शैक्षिक संस्था २ महिनापछि धमाधम खुल्न थालेका छन् ।

गत पुसको पहिलो साता हिउँदे जाडो बिदामा रहेका विद्यालय फागुन महिना सुरु भएसँगै विद्यालयको शैक्षिक पठनपाठन सञ्चालनमा ल्याइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालले जानकारी दिए ।

Advertisement

हिउँदयामको मौसममा मुस्ताङमा अत्यधिक हिमपातसँगै जाडो हुने भएकाले बर्सेनि मुस्ताङका विद्यालयले २ महिनाका लागि विद्यार्थीको शैक्षिक पठनपाठन रोकेर विद्यालय बन्द गर्ने गर्छन् ।

मुस्ताङमा ४५ दिन वार्षिक सरकारी विदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको पढाइ स्थगित गरिन्छ ।

Advertisement

पुस र माघ महिनाको जाडोपछि फागुन लागेपछि भर्ना अभियान सुरु हुन्छ । तर, यसपटक कोरोना कहरका कारण विद्यार्थीको पठनरपाठन प्रभावित बनेपछि पाठ्यक्रम थाँती छ । जसका कारण यो वर्ष विद्यालयको चालु शैक्षिक सत्रको पढाइ अवधि लम्बिने निश्चित छ ।

मुस्ताङका ५ स्थानीय तहमा सामुदायिक, गुम्बा र निजी विद्यायल गरी ६४ विद्यालय छन् । जसअन्र्तगत हिउँदे बिदामा रहेका ३ स्थानीय तहका विद्यालयले पठनपाठन सञ्चालनमा ल्याएको इकाइ प्रमुख बरालले उल्लेख गरे ।

मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकामा फागुन ३ गतेबाट विद्यालय खुलेको छ भने वारागुङ मुक्तिक्षेत्र गापामा आज आईतबार देखि विद्यालय खुलेको ईकाई प्रमुख बरालले बताए ।

मुस्ताङको घरपझोङ गापामा भने माघ १५ गतेबाटै विद्यालयको पढाई सुरु भएको जनाईएको छ । थासाङमा एक गुम्बासहित १३ विद्यालय, वारागुङ मुक्तिक्षेत्र गापामा एक गुम्बासहित १५ विद्यालय र घरपझोङमा २ निजी सहित १० सामुदायिक विद्यालयको पठनरपाठन सुरु गरिएको हो ।

योसँगै थासाङमा ३ मावि, घरपझोङमा २ मावि र वारागुङ मुक्तिक्षेत्रमा एक मावि स्तरको पढाइ सञ्चालनमा आएको हो ।

मुस्ताङका ३ स्थानीय तहका ३८ वटा विद्यालयको पढाइ सुरु भएपनि उपल्लो मुस्ताङको दुई स्थानीय तहका विद्यालयको पढाइ सञ्चालन नभएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा सञ्चालित विद्यालय बर्सेनि पुस र माघमा हिमपात र जाडोका कारण घुम्ती कक्षाका लागि बेसी झर्ने गरेपनि यसपटक कोरोना कहरका कारण घुम्ती कक्षाको पढाई नभएको जनाइएको छ ।

उपल्लो मुस्ताङका आधारभूत तहका विद्यालयलाई घुम्ती कक्षा नगरी विद्यार्थीलाई दुई महिना बिदा दिइएको हो । तर, उपल्लो मुस्ताङको एक मात्र दिव्यदीप माविका कक्षा ९ र १० का विद्यार्थीलाई एसईई परीक्षालाई ध्यानमा राखेर पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको दिव्यदीप मावि छोसेरका प्रअ रामुप्रसाद श्रेष्ठले जानकारी दिए ।

लोमान्थाङ गापाका १० सामुदायिकसहित २ गुम्बा र २ निजी गरी १६ वटा विद्यालय र लोघेकर दामोदरकुण्डका ८ सामुदायिक र २ गुम्बा विद्यालयको शैक्षिक पठनरपाठन फागुन १५ गतेबाट सुरु हुने जनाइएको छ । तर उपल्लो मुस्ताङको दिव्यदीपका विद्यार्थी भने चैत महिना मात्र उकालो उक्लिने बताइएको छ ।

तपाईको प्रतिक्रिया