‘आँधीहुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउनेछ’

समाधान संवाददाता २०७७ फागुन १० गते ९:५५

समाधान संवाददाता, पोखरा

नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य तथा गण्डकी सह–इन्र्चाज खगराज अधिकारीले चुनाव भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउने बताएका छन् ।

नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा फागुन १५ गते हुने बृहत आमसभाको तयारीका लागि पोखरा–१५ मा गरिएको युवा भेलामा बोल्दै नेता अधिकारीले केपी ओली सरकारका राष्ट्रवादी कदमको सबैले सर्मथन गर्नुपर्ने बताए ।

Advertisement

राष्ट्रियताको झण्डालाई केपी ओलीले माथि उठाएको भन्दै युवाहरुले साथ दिनुपर्ने उनको भनाइ थियो ।

‘प्रचण्ड झलनाथ र माधव नेपालले भूमि फिर्ताबारे केही बोलेनन् केही गरेनन् तर केपी ओलीको सरकार आएपछि च्यातिएको देश जोड्छु र भूमि फर्काउँछु भनेर नक्सा प्रकाशन ग-यो,’ उनले भने, ‘कालापानी लिपुलेक लिम्पियाधुराबाट भारतिय फौज हटाउछु भन्ने केपी ओलीलाई युवाले साथ दिनुपर्छ’ ।

Advertisement

देशलाई एकताबद्ध बनाउनका लागि पार्टी एकता जोगाउन आवश्यक रहेको उनले बताए । नेकपा केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष कृष्ण थापाले केपी फागुन १५ गते कास्कीले करिब ६० हजार जनता उतार्ने तयारी गरिरहेको भन्दै युवाहरुलाई तयारीमा जुट्न आग्रह गरे ।

उनले अब आसन भाषण र शासनमा युवाहरुको आवश्यकता रहेको बताए । १ सय ५५ जना रहेको कास्की जिल्ला कमिटीमा १ सय ९ जना केपी ओली पक्षमा रहेको थापाले सुनाए ।

पोखरा महानगरपालिकाका मेयर उपमेयर सहित १ सय ७ जना जनप्रतिनिधि समेत संस्थापन तर्फ रहेको उनको भनाइ थियो । ‘कास्कीमा पार्टी फुटेको छैन केपी ओलीको पक्षमा पार्टी छ तपाई हाम्रो पक्षमा पार्टी छ’, अध्यक्ष थापाले भने ।

कार्यक्रममा केन्द्रिय कमिटी सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, नेकपा केन्द्रिय सदस्य बालकृष्ण काउछा मगर, राष्ट्रिय युवा संघ केन्द्रिय सचिव महेन्द्र गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया