मुस्ताङमा दलित मुक्ति संगठनको विरोध सभा

समाधान संवाददाता, जोमसोम
मुस्ताङमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) प्रचण्ड माधव समूह निकट दलित मुक्ति संगठनले विरोध सभा गरेको छ ।
देशव्यापी कार्यक्रम अन्तर्गत मुस्ताङमा प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाल दलित मुक्ति संगठन जिल्ला संघर्ष समिति मुस्ताङले कोणसभासहित प्रदर्शन गरेको हो ।
कोणसभामा नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सदस्य धिरेन्द्र विकले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको संसद विघटनको मुद्दामा अब जनताको पक्षमा फैसला हुन लागेको दाबी गरे ।
काम चलाउ हैसियतमा पुगेको आली सरकारले आफैंले बहाली गरेको दलित प्रदेश प्रमुखलाई पदच्यूत गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।
संगठनका अर्का केन्द्रीय सदस्य भीमबहादुर रसाइलीले जनताको त्याग र बलिदानीले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको मर्म विपरीत प्रधानमन्त्रीले काम गरेको आरोप लगाए ।
संगठनका मुस्ताङ अध्यक्ष सुकबहादुर विकले राष्ट्रपति र प्रधानमन्त्रीको मेलेमतोमा संसद विघटन गरी राज्यलाई अपांग बनाउन खोजिएको बताए ।








एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया