ट्याक्टर मर्मत तालिम

एसके थकाली, जोमसोम
मुस्ताङको घरपझोङ गाउँपालिकाका किसानलाई युवा उद्यमशीलता सीप विकास तालिम अन्तर्गत हाते ट्याक्टर मर्मत तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय तथा घरपझोङ गाउपालिकाको सहकार्यमा ३१ जना किसानलाई तालिम दिइएको हो ।
तालिम फागुन १ देखि १० गतेसम्म १० चलेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहनचन्द्र सुवेदीले जानकारी दिए । घरपझोङका अधिकांश किसान पछिल्लो समय प्रविधिमैत्री उपकरण प्रयोग गर्छन् । उनीहरुले गोरु झोपा विस्थापित गरी हाते ट्याक्टर उपयोग गर्न थालेका छन् ।
हाते ट्याक्टरले खेतबारी जोत्ने काम गरे पनि सानातिना प्राविधिक समस्या आउँदा किसानले सास्ती व्यहोर्नु परेको थियो । किसानलाई प्राविधिक सुरज थापाले प्रशिक्षण दिएका थिए । तालिमपछि मुस्ताङका किसानले हाते ट्याक्६र जीर्ण नहुँदै कवाडीमा मिल्काउने परिपाटी पनि रोकिने विश्वास लिइएको छ ।
तालिम समापन समारोहमा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले कृषकलाई आत्मनिर्भर र स्वालम्बी बनाउन यसले सघाउने विश्वाश व्यक्त गरिन् । उनले तालिममा सिकेका कुरा व्यवहारिक रुपमा उतार्न किसानलाई आग्रहसमेत गरिन् ।
पालिका अध्यक्ष आशबहादुर थकालीले ५ वटै वडामा ६/६ जनाका दरले सहभागी गराएर तालिम आयोजना गरिएको बताए । मुस्ताङकी सिडिओ हिरादेवी पौडेलले सीप सिकेर खेर नजाने र बरु यो कहिलेकही प्रयोगमा आउने बताइन् ।
गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले मुस्ताङमा कृषि उपकरण प्रयोगकर्ता बढे पनि प्राविधिक ज्ञान नहुँदा यो प्रभावकारी बन्न नसकेको उल्लेख गरिन् । प्रशिक्षार्थी अजित थकालीले अब खेतबारी जोत्ने बेला उपकरण बिग्रेमा आफैं मर्मत गरी प्रयोग गर्ने सक्ने भएको बताए ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया