हामी कुनै एक घटनाक्रमबाट विचलित हुँदैनौं – कृष्णबहादुर थापा

समाधान संवाददाता २०७७ फागुन १२ गते ११:४३

कृष्णबहादुर थापा
प्रदेशसभा सदस्य, नेकपा ओली पक्ष

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीविका, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अभियान चलाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले अगाडि सारेको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता हो । त्यही भएर वर्तमान सरकारले प्रतिनिधि सभालाई विघटन गरेरनयाँ जनादेश लिन मध्यावधी निर्वाचनमा जाने निर्णय गरेको थियो ।

Advertisement

विगतदेखिनै नेपालमा एक खालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु हावी हँुदै आएका छन् । पछिल्ला घटना क्रमले समेत नेपालको आन्तरिक ममलामाअन्तर्राष्ट्रिय शक्ति केन्द्रको हावी भएको छ ।

नेपालको राजनीतिमा वैदेशिक हस्तक्षेप बढ्नु स्वाभिमानी नेपालीका लागि स्वीकार्य हुँदैन । त्यसको सबै राष्ट्रवादी नेपालीले खबरदारी र विरोध गर्नु पर्छ ।

Advertisement

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको सरकारले आर्थिक समृद्धि र दिगो विकासका लागि उल्लेखनीय काम गरेको छ ।पार्टीलेराष्ट्रघाती जनविरोधी क्रियाकलापलाई पर्दाफास गर्ने छ ।

सबै पार्टी कमिटीलाई चुस्त, दुरुस्त र व्यवस्थित गर्ने छौं । पार्टीको एजेन्डा तथा नेपाल सरकारले गरेका जनपक्षीय कामलाई जनतामालिएर जाने छौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दालाई बदर गरेको छ ।

हामी कुनै एक घटनाक्रमबाट विचलित हुदैनौं । हामी गतिविधिलाई बढाएर जनतालाई गोलबन्द गरीपार्टीको पक्षमा जनमत तयार पार्ने छौं ।

समाधानसँगको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया