निशान म्यागनाइट पोखरामा सार्वजनिक

समाधान संवाददाता, पोखरा
निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाइट पोखरामा सार्वजनिक गरिएको छ । इलाइट मोटर्स प्रालि उत्तमचोक पोखराले नयाँ निशान म्यागनाइट कार मंगलबार सार्वजनिक गर्दै बिक्री शुभारम्भ गरेको हो ।
म्यागनाइटको सुरुवाती मूल्य २९ हजार ४९ हजार रुपैयाँ छ । निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट इन सेगमेन्टका सुविधा रहेको कम्पनीले जनाएको छ । जसले उपभोक्तालाई नवीनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।
समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिलाई समावेश गरिएको कम्पनीले जनाएको छ ।
म्यागनाइटका हरेक मोडल नेपाली प्रयोगकर्ताको आकांक्षा पूरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको बताइएको छ । पुष बटम स्टार्ट, प्रोजेटेड एलइडी हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमन्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।
कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले निशान म्याग्नाइट धेरै ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।
इलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले निशान म्याग्नाइटको बिक्री शुभारम्भ ग्राहक केन्द्रित यात्रामा एउटा अविस्मरणीय कोशेढुंगा हुने बताए ।
‘ग्राहकको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले पक्कै पनि नेपाली बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।
व्यवस्थित सर्भिस सेन्टर स्थापना गरी कम्पनीले बिक्रीपछिको सेवालाई प्राथमिकतामा राखेको उनले बताए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया